सोलु जाँदै गरेको आइचर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको आइचर ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ३ ख ९६ नम्बरको आइचर बिहीबार आज विहान दुर्घटना हुँदा २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

सोलु करिडोर आयोजनाको सामान लिएर जाँदै गरेको आइचर सडकभन्दा १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया