गजल !

   गणेश प्रसाद पौडेल ‘बहुरुपी’

पठाएको खबर आयो कि आएन
गाउँबाट शहर आयो कि आएन ।

रिसाएको थियो कयौं सालदेखि
नदीछेउ बगर आयो कि आएन ।

बुझ्छु भन्थ्यौ मायाका परिभाषा सबै
बोलीसँगै अधर आयो कि आएन ।

लुकिलुकि दुख्ने जो घाउ छ पुरानो
मुटुभित्र नजर आयो कि आएन ।

नढाँटेर भनिदेउ यार नेता बनेपछि
धन, सम्पत्ति र घर आयो कि आएन ।

प्रतिक्रिया