सार्वजनिक सवारीलाई यात्रु नओसार्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।

महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासंघको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भत्र्सना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ । महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ ।

विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको सम्भावित जोखिमको जिम्मेवारी महासंघले नलिनेसमेत जनाइएको छ ।

प्रतिक्रिया