पृथ्वीको ‘सरर लिपुलेक’

काठमाडौं । गायक पृथ्वी खनालले ‘सरर लिपुलेक’ गीत सार्वजनिक गरेका छन् । ‘दि भ्वाइस सिजन–२’ मा प्रतिस्पर्धा गरेका खनालले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै यो गीत बाहिर ल्याएका हुन् ।

हुनत पछिल्लो समय सीमाको विषयमा केन्द्रित रहेर दर्जनौं गीत सार्वजनिक गरिएको छ र यो जारी पनि छ । गीतमा गायक पृथ्वीले देशको माया व्यक्त गरेका छन् । गीतको भिडियोमा खड्गबहादुर पुनलाई फिचरिङ गरिएको छ ।

गायक पृथ्वी, डम्बर लगायतका कलाकारको अभिनय रहेको भिडियोले राष्ट्रियताको विषयलाई उठाउने कोशिस गरेको छ । गीतमा गायक पृथ्वी र डम्बरको शब्द तथा डम्बरको संगीत रहेको छ । हरि पुन मगरको निर्देशनमा बनेको भिडियोमा पिटर गुरुङको छायांकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया