सर्लाहीमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १३१ पुग्यो

सर्लाही । मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

सर्लाहीको बलरा नगरपालिकामा ९ जना र ब्रह्मपुरी गाउँपालिकामा १२ जना गरी जम्मा २१ जनामा कोरोना संक्रमण रहेको प्रजिअ जिसिले बताए । पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडि मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाही आएका थिए ।

प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरुलाई व्यवस्थापन गर्ने विषयमा छ्लफल भइरहेको छ ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वा नगरपालिका– २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा बनाइएको ५० बेडको एक मात्र आइसोलेशन वार्ड भरिएको छ । साथै, सर्लाहीमा दिनानुदिन कोरोना संक्रमितहरु बढिरहेका छन् । यससँगै सर्लाहीमा कोरोना संक्रमित संख्या १३१ पुगेको छ ।

प्रतिक्रिया