ब्रेकिङ न्युजः जीपबाट सुनकोशीमा खसेर दुई बेपत्ता

काभ्रे । बोलेरो जीप दुर्घटना हुँदा उक्त जीपबाट सुनकोशीमा खसेर दुई जना बेपत्ता भएका छन् । काभ्रेको भुम्लु गाउँपालिकास्थित ८ नम्बर वडाअन्तर्गत पर्ने सिलामे भिरबाट माथि भुम्लुको १ नम्बर वडा सापिङका लागि केही खाद्यान्न वस्तु र काठका प्लाई बोकेको बोलेरो गाडी उकालोमा ब्याक भएर जाने क्रममा दुर्घटना भएको हो ।

जीप सडकबाट खसेर बिचमै अड्कीएको र त्यसमा सवार व्यक्ति भने सुनकोशीमा खसेका हुन् । सो बोलेरोमा सवार २ जना बेपत्ता भएको स्थानिय यूवा समाजसेवी होमराज माझीले जानकारी दिए । उनका अनुसार बा १६ च ८८३८ नम्बरको बोलेरोमा चालकसहित केही स्थानिय यात्रुहरु थिए ।

जसमा एक जना घाइते भएकी महिला बिजुला गिरीलाई धुलिखेल अस्पताल लगिँदै गरेको बताइएको छ भने अन्य त्यसमा सवार यात्रु सुनकोशीमा खसेर बेपत्ता हुनेमा भुम्लु १ घर भएका अशोक गिरी र भुम्लु ४ घर भएका भोला महत रहेको उनले बताए । दुर्घटनालगत्तै प्रहरी र स्थानियहरुको सहयोगमा उनीहरुको खोजी जारी रहेको उनले बताए ।

प्रतिक्रिया