प्रधानमन्त्री ओली अस्पताल भर्ना

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई बिहीबार राति नै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति ११ बजेको उनलाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको स्रोतले जनाएको छ। अस्पतालमा भर्ना गरिएको बारेमा प्रधानमन्त्रीको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले केही बोलेका छैनन्।

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी फागुन १९ मा भर्ना भएर फागुन ३० गते अस्पतालबाट बालुवाटार फर्किएका थिए।

प्रतिक्रिया