सरकारी नियन्त्रण र स्पष्ट योजना सहितको गाँजा खेती

अथर्ववेदबाट १५ सय इसवी पूर्व नै गाँजालाई चिकित्साको रूपमा सुवाती प्रयोग गरिएको जानकारी पाउन सकिन्छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाले समेत विभिन्न उत्पादनमा गाँजाको प्रयोग गर्ने गरेको र प्रयोग गर्दै आएका छन् । खान जानेमा औषधि, खान नजानेमा विष १ यो गाँजाको हकमा एकदमै उपयुक्त भनाइ रहेको छ

क्यानाबिस स्याटिवा वा क्यानाबिस इन्डिका बोटको सुकेका पातहरू, फुलहरू, डाँठहरू र बिउहरू को हरियो खैरो मिश्रण गाँजा हो । बोटले दिमाग परिवर्तन गर्ने रसायन टिएचसी (टेट्राहाइड्रोकानाबिनोल) र यस्तै यौगिकहरू समावेश गरेको हुन्छ । अर्कहरू भांगको बोटबाट समेत बनाउन सकिन्छ ।

मुख्यतया मनोरञ्जन र औषधि को लागि गाँजा को प्रयोग गरिन्छ । गाँजा धुम्रपान, वाष्पीकरण, खानामा र एक अर्कको रूपमा प्रयोग गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले समेत गाँजामा औषधिय गुण रहेको जानकारी गराएको छ । विश्वको करिब २ दशमलव ५ प्रतिशत जनसंख्याले गाँजाको प्रयोग गर्ने गरेको छ । गाँजाको प्रयोगकर्ता तीव्र रूपमा बढने क्रम जारी छ । यसको औद्योगिक प्रयोगसमेत तीव्र गतिमा फस्टाउँदै छ ।

मादक पदार्थको रूपमा परिचित गाँजालाई विभिन्न गम्भिर खालको रोगको उपचारमा समेत प्रयोग गर्न सकिन्छ । यो तथ्य विभिन्न अध्ययन र अनुसन्धान बाट पुष्टि भइसकेको छ । कतिपय राष्ट्रले प्रयोगमा समेत ल्याइसकेको छ । कतिपय राष्ट्र प्रयोगमा ल्याउने तयारीमा रहेको छ ।

अथर्ववेदबाट १५ सय इसवी पूर्व नै गाँजालाई चिकित्साको रूपमा सुवाती प्रयोग गरिएको जानकारी पाउन सकिन्छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाले समेत विभिन्न उत्पादनमा गाँजाको प्रयोग गर्ने गरेको र प्रयोग गर्दै आएका छन् । खान जानेमा औषधि, खान नजानेमा विष १ यो गाँजाको हकमा एकदमै उपयुक्त भनाइ रहेको छ ।

नेपाल एक कृषी प्रधान देश हो । नेपाली जनताको प्रमुख पेसा कृषि नै रहेको छ , तर पनि हामि चामल, दाल, पिठो लगायतका मुख्य खाद्यान्न र अन्य कृषि उत्पादनहरू आयात गर्ने बाध्यतामा छौँ । यस्तोमा सबैले आम्दानीमा लोभिएर गाँजा खेतीमा आकर्षित हुनेमा शंका छैन । यसले खाद्यान्न उत्पादन हवातै घटने र हामी पूरै आयातमा भर पर्ने अवस्था नआउला भन्न सकिन । तसर्थ सीमित र आवशयक मात्रामा मात्र गाँजा उत्पादन गर्ने तर्फ पनि सोच्नुपर्ने देखिन्छ

अहिले नेपालमा गाँजा खेती गर्नु, खरिद बिक्री गर्नु र प्रयोग गर्नु गैरकानुनी हो । नेपालले सन् १९७३ मा अमेरिकी र अन्तर्राष्ट्रिय समुदायको दबाबमा गाँजामाथि प्रतिबन्ध लगायो । यद्यपि, गैरकानुनी रूपमै भए पनि नेपालमा गाँजा खेती र प्रयोग भइरहेकै छ । लुकाइ छिपाइ नगन्य मात्रामा ।

गाँजा तस्करी र बिक्री वितरणलाई नेपालको कानुनले गम्भीर अपराध मानेको छ । कहिलेकाहीँ अधिकारीहरूले गाँजाको बिक्री वितरण र प्रयोगमा आँखा चिम्लिने गरेको छ । खासगरी, शिवरात्रीको दिन यसो गर्ने गरेको छ । सो दिन सनातन हिन्दू धर्मको प्रमुख देवको रूपमा रहेको महादेवको प्रसाद मानेर गाँजा खाने चलन रहेको छ ।

मनोरञ्जन र औषधि को लागि गाँजाको वैधता देशअनुसार फरक–फरक छ । गाँजाको खेती, बिक्री वितरण र कसरी उपभोग गर्ने, कस्तो चिकित्सा सर्तहरूको लागि प्रयोग गर्ने मामलामा अलग अलग प्रावधान रहेको छ । धेरै जसो देशहरूमा यी नीतिहरू नारकोटिक ड्रग्ससम्बन्धी संयूक्त राष्ट्र संघको सन् १९६१ को सम्मेलनले अनुमोदन गरेको थियो । साथै सन् १९७१ म साइकोट्रोपिक पदार्थ सम्बन्धी कन्भेन्सन र सन् १९८८ मा नारकोटिक ड्रग्स र साइकोट्रोपिक पदाथहरूमा अबैध ट्रैफिकको विरुद्ध कन्भेन्सनसहित नियमन गरेको थियो ।

अधिकांश देशहरूले मनोरञ्जनको लागि गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मनोरञ्जनको लागि गाँजाको प्रयोग गर्न बैधता प्रदान गर्ने पहिलो देश उरूग्वे हो । मनोरञ्जनको लागि गाँजाको प्रयोग गर्न कानुनी मान्यता दिने थप देशहरू क्यानाडा, जर्जिया ,दक्षिण अफ्रिका, एघार राज्यहरूसहित संयुक्त राज्य अमेरिकाको कोलम्बिया र अस्ट्रेलियाको राजधानी क्षेत्र हुन् ।

गाँजाको चिकित्सा प्रयोगको लागि कानुनी मान्यता दिने देशहरू अर्जे्न्टिना, अस्ट्रेलिया, क्यानाडा, चिली, कोलम्बिया, क्रोएसिया, साइप्रस, जर्मनी, ग्रिस, इजरायल, इटाली, जमैका, लिथुआनिया, लक्जमबर्ग, उत्तर म्यासेडोनिया, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, पेरु, पोर्चुगल, पोल्यान्ड, स्विजरल्यान्ड र थाइल्यान्ड हुन् । अरूसँग थप प्रतिबन्धित कानुनहरू रहेको छ , जुन कानुनले केबल केही क्यानाबिस ब्यूतपन्न औषधिहरू (फर्मास्यूटिकल ड्रग्स) को उपयोगको लागि अनुमति प्रदान गरेको छ ।

एसियाका केही देशहरू र मध्य पूर्वी देशहरूमा गाँजासम्बन्धी कडा कानुन रहेको छ । गाँजालाई वैधता प्रदान गर्ने अधिकांश देशहरू सम्पन्न देशहरू रहेको छ । यस्तोमा हाम्रो जस्तो विकासोन्मुख देश जहाँ गाँजा खेतीको प्रशस्त सम्भावना रहेको र विगतमा यसबाट प्रशस्त आम्दानी गरेको इतिहास रहेको देशले यसमा बन्देज लगाइराख्नुपर्ने कुनै कारण छैन ।

सन् १९७३ सम्म नेपालमा गाँजा खेती र उपयोग वैध थियो । आम्दानीको प्रमुख स्रोत पनि थियो । नेपाल विश्वभरका हिप्पीहरूमाझ गाँजा खरिद र प्रयोग गर्न लोकप्रिय थियो । वसन्तपुर दरबार अगाडिको सडक फ्रिक स्ट्रिट नामले चिनिन्थ्यो । यही सडकमा इजाजतप्राप्त एजेन्टहरूले पसल खोलेरै गाँजाका उत्पादनहरू सार्वजनिकरूपमै बेच्ने गथ्र्यो ।

गाँजा खेतीको लागि नेपालको भूमि उर्वर भूमि मानिन्छ । यसको खेती मधेस, पहाडदेखि माथिसम्म गर्न सकिन्छ । यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ । गाँजाबाट औषधि, कपडा, कागज, खाद्य आदि उप उत्पादन गरी नाफामूलक व्यापार गर्न सकिन्छ ।

केही समय अगाडि संघीय संसद सचिवालयमा गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न एउटा निजी विधेयक दर्ता भयो । विधेयक दर्ता भएसँगै पक्ष विपक्ष मा बहस सुरु भएको छ । विधेयकले परिकल्पना गरेअनुसार लाइसेन्स प्राप्त किसानलाई गाँजा खेती र बिक्री गर्न अनुमति दिनुपर्नेमा म सहमत छु । यसमा असहमति जनाउने ठाँउ छ भने मलाई लाग्दैन । तर, विधेयक गाँजा दुरूपयोग हुन नदिन, उत्पादन गरिने परिमाण र खपत गर्नेतिर पनि बिशेष केन्द्रित हुनुपर्ने देखिन्छ ।

गाँजा सजिलै उपलब्ध भएपछि मनोरञ्जनको लागि यसको उपयोग बढन सक्छ । यसले सामाजमा नकारात्मक असर पार्न सक्छ । तर, यही कारणले गाँजा खेतीलाई वैधता प्रदान गर्नु हुँदैन तर्क गर्नु उचित होइन । चुरोट, रक्सी पनि मानव स्वास्थ्यको लागि हानिकारक छ , तर पनि सरकारले उत्पादन र आयात गर्न अनुमति दिएको छ । साथै सेवन नगर्न बैधानीक सूचनासमेत जारी गर्ने गर्छ । गाँजाको दुरुपयोग हुन नदिन आवश्यकताअनुसार कानुन, योजना र संयन्त्र निर्माण गर्नुपर्छ । गाँजा खेतीको वैधता प्रदान गर्ने प्रक्रिया रोक्नु हुँदैन ।

गाँजा खेती गर्दैमा किसान करोडपति हुने होइन । किसानको उत्पादनले बजार पनि पाउनुपर्छ । वार्षिक कति परिमाणमा उत्पादन गर्ने रू कति हाम्रै देशमा खपत गर्न सकिन्छ र कति निर्यात गर्न सकिन्छ रू गुणस्तरिय उत्पादन कसरी गर्ने रू यी र यस्तै विषयमा गम्भिर अध्ययन र अनुसन्धान गर्नै पर्छ । यसको योजना बिनैको गाँजा खेतीले सोचे जस्तो प्रतिफल नदिन पनि सक्छ ।

नगदे बाली भनेर किसानले उत्पादन गरेको उँखुको भूक्तानी नपाएर, मकैको घोगामा दाना नलागेर, विभिन्न कृषी र पशु जन्य उत्पादनले बजार नपाएर किसानले आन्दोलन गर्नु पर्ने र अलैंची लगायतका कृषी उत्पादनले अन्तराष्ट्रिय बजारमा सोचे अनुसारको मूल्य नपाएर किसान निराश हुनु पर्ने आदि समस्या हाम्रो कृषी क्षेत्रको परिचयमै छ । यस्ता समस्याबाट गाँजा खेतीलाई बचाउने योजना सहित मात्र वैध गर्नु पर्छ ।

नेपाल एक कृषी प्रधान देश हो । नेपाली जनताको प्रमुख पेसा कृषि नै रहेको छ , तर पनि हामि चामल, दाल, पिठो लगायतका मुख्य खाद्यान्न र अन्य कृषि उत्पादनहरू आयात गर्ने बाध्यतामा छौँ । यस्तोमा सबैले आम्दानीमा लोभिएर गाँजा खेतीमा आकर्षित हुनेमा शंका छैन । यसले खाद्यान्न उत्पादन हवातै घटने र हामी पूरै आयातमा भर पर्ने अवस्था नआउला भन्न सकिन । तसर्थ सीमित र आवशयक मात्रामा मात्र गाँजा उत्पादन गर्ने तर्फ पनि सोच्नुपर्ने देखिन्छ ।

गाँजा खेतीलाई बैधता प्रदान गर्ने नाममा अनियन्त्रित खेती र उपयोग लाई कुनै हालतमा छुट दिनु हुदैन । गाँजाको उत्पादन र उपयोगिता नियन्त्रण बाहीर गएमा प्रतिउत्पादक साबित हुन सक्ने प्रचुर सम्भवना रहेको छ । सरकारले नियन्त्रण गर्न सक्ने क्षमता र कानुन को बिकास गरेर गाँजा खेतीलाई वैधता प्रदान गर्नुपर्छ । गाँजा खेतीमाथिको प्रतिबन्ध कायम राखेर यसबाट फाइदा लिने अवसरबाट नेपाली किसानहरूलाई वञ्चित गर्नु हुँदैन । गाँजा उत्पादन र उपभोग को स्पष्ट योजना सहितको गाँजा खेती नेपाली कृषकको लागि आयको राम्रो स्रोतको रूपमा बिकास गर्न सकिन्छ र सक्नु पनि पर्छ ।

प्रतिक्रिया