साँच्चै ‘माछापुच्छ्रे’ गुरुङ जातिको देवता हो ?

अब प्रदेश सरकार र केन्द्र सरकारले जतिसक्दो चाँडो माछापुच्छे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र, समग्र देशको विकासमै योगदान गर्न सक्ने संभावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ ।

निनाम लोवात्ती

पोखरा सरहको शिर (उत्तर–उत्तरपूर्व) मा संभवतः विश्वकै सुन्दर हिमालमा गन्न सकिने माछापुच्छ्रे हिमाल रहेको छ । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा सहरलाई पर्यटकीय राजधानी भनी घोषणा गरेका छन् । सो कार्यक्रम गण्डकी प्र्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको थियो । त्यसको मतलब केन्द्र सरकारको भूमिका खासै थिएन, छैन । धेरै समय अघिदेखि नै नेपालका पर्यटन व्यवसायीहरू माझ पोखरा सहरलाई अनौपचारिक रूपमा पर्यटकीय राजधानी भनेर नै भन्ने, चिन्ने गरिन्थ्यो ।

यसै सन्दर्भमा यो लेखमा देशको पर्यटकीय राजधानी भनी घोषणा पोखरा र समग्र गण्डकी प्रदेशकै लागि प्रकृतिले दिएको उपहार र अमूल्य नीधिको रूपमा रहेको माछापुच्छ्रे हिमालका सम्बन्धमा केही लेख्ने जमर्को गरिएको छ ।

त्यसो त उचाइका हिसाबले माछापुच्छ्रे हिमाल धेरै अग्लो पनि होइन र, धेरै होचो पनि होइन । हो, ‘माछापुच्छ्रे हिमाल’ हिमालको उचाइ केवल ६ हजार ९ सय ९३ मिटर मात्रै रहेको छ । साथै माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ । सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल’ र स्वीस–जर्मन भाषामा ‘म्याटर्नहर्न’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ भन्ने नाम भइहाल्यो ।

अहिले आरोहणका लागि निषेध गरिएको माछापुच्छ्रे हिमाल सुरुदेखि आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो ? यो विषयमा तपाईं–हामीमध्ये धेरै कमलाई मात्रै वास्तविकता थाहा छ । त्यसैले अब हामीले ‘माछापुच्छ्रे हिमाल’ आरोहण गर्न दिने, नदिने भन्ने सम्बन्धमा फेरि आमजनताबीच व्यापक रूपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ ।

किनभने इतिहास हेर्दा/पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । संभवतः उनीहरू बेलायती टोली रहेका थिए । (स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित विषय विविध पाना–८६) । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्रे आधार शिविर जाने बाटो) मा सो वेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सो भन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती पर्वतारोही टोलीले ।

गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौँस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आप्mनो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।

हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामकरण भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजक गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाम भएका चुलीहरूको नेपाली भाषामा नामाकरण गर्ने समितिको संयोजकको रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाम त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’ सन् १९५६ मा माछापुच्छ्रे हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७ मा माछापुच्छ्रे आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भए ।

सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट

काठमाडाैंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । यसरी हर्दाखेरि कर्नेल जिमी रोबर्ट (आफूले आफू) ले चढ्न नसकेको चुलीलाई अरूले पनि नचढून् भन्ने कपटपूर्ण चाहनाले गर्दा हो न हो माछापुच्छ«े हिमाल गुरुङ जातिको देवताको रूपमा रहेको मूल्य मान्यता स्थापित भएको छ । त्यसै मान्यता अहिलेसम्म स्थापना भएको हुनाले माछापुच्छ्रे हिमाल चढ्न सकिँदैन, चढ्न हुँदैन ! भन्ने गलत भ्रम र सोही मान्यतालाई स्थापित गर्दै लगियो । त्यतिले मात्रै नपुगेर अनि त्यस खालको गलत भ्रमलाई नै पछि नियमसरह लागू गर्दै प्रभावित पार्यो ।’

त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरूले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।

पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिई सकेको माछापुच्छ्रे गाउँपालिका–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताएका छन् । तैपनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।

नेपाली समाज त्यो वेला (लगभग ६७ वर्षअघिको) को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौँ, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ !’ भन्लान् ।

त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र, समग्र देशको विकासमै योगदान गर्न सक्ने संभावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ ।

प्रतिक्रिया