कतिपयको भनाइमा रवि लामिछानेको अनुहार देख्यो कि जिबी राईको झल्को आउन थालेको छ । ‘भ्रष्टाचारीहरूलाई टुँडिखेलमा लगेर नाकको डाँडी फुट्ने गरी हान्न मन लाग्छ’ भनेर भन्ने रवि लामिछाने गृहमन्त्री भएका छन्, अब कतिजनाको नाक फुट्ने हो ? राजनीतिक एजेन्डाभन्दा पनि भ्रष्टाचार विरुद्धको एजेन्डा लिएर आएका रवि लामिछाने स्वयं भ्रष्टाचारमा मुछिएको अनुभव जनताले गर्नु सबैका लागि दुर्भाग्य हो । नेवारीमा एउटा भनाइ छ, ‘धाय बलय् अपु धरग्वारा तपु ।’ यसको अर्थ हो, ‘भन्नलाई सजिलो, गर्नलाइ गाह्रो ।’
सायद नेपालको इतिहासमा पहिलोपल्ट होला सरकार बचाउनका लागि पार्टी विभाजन गरिएको । सरकारलाई जोगाउन भन्दै जनता समाजवादी पार्टी विभाजन गरिएको दावी माओवादी र एमाले नेताहरूको छ । प्रचण्ड नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले नेपाली कांग्रेससँग मिलेर सरकार ढाल्ने षड्यन्त्र गरेको कारणले जनता समाजवादी पार्टी विभाजन गर्नुपरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ ।
विगतमा सरकार ढाल्नका लागि दल विभाजन गरिन्थ्यो भने यसपालि सरकार जोगाउन दल विभाजन गरिएको देखियो, सुनियो । त्यसो त अहिलेको अवस्थामा देशलाई स्थिर सरकारको आवश्यकता त छँदै छ । आफू प्रधानमन्त्री बन्नको लागि सरकार ढाल्ने खेल राम्रो
होइन । यो प्रधानमन्त्री भन्ने पद पनि कस्तो ? बस्नेलाई छाड्नै मन नलाग्ने, छाडिसकेकालाई पनि बाहिर बस्नै मन नलाग्ने । कसैलाई त ५ पल्टसम्म प्रधानमन्त्री भइसक्दा पनि पुग्दो रहेनछ । पटकपटक प्रधानमन्त्री बन्न अनेकौँ षड्यन्त्र गरिरकेका छन् । नेपालका नेताहरूले बरु आफ्नो स्वास्नी छाड्लान्, तर कुर्सी छाड्दैनन् । नेपालमा इमानदार, नैतिकवान, देश र जनताका लागि केही गर्ने जोस, जाँगर भएको नेता नै छैन कि क्या हो ? भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् । सबै नेता सत्तामा नै टाँसिन पर्ने । पछिलो समयमा आमनागरिकहरूले नयाँ पार्टीका केही नेतालाई आशा र भरोसा गरेका थिए, तर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै भयो । पुरानो होस् वा नयाँ सबै नेताहरू एकै ड्याङका मुला हुन् भन्दा फरक नपर्ने देखियो । सबै सत्तामा मात्रै आँखा गाड्ने पैसा देखे पछि महादेवको तीन नेत्र भनेजस्तै भयो ।
२०७९ सालको आमनिर्वाचनमा परम्परागत राजनीतिक दलहरू बाहेकका केही नयाँ दलहरू पनि चर्चामा आएका थियो । सहरी क्षेत्रमा बढी चर्चामा आएको दल थियो रास्वपा । रास्वपाले २०८४ सालको आमनिर्वाचनमा मिसन ८४ को हल्ला गरी २०८४ सालको आमनिर्वाचनमा बहुमत ल्याई सरकार चलाउने सपना बोकेको थियो, तर इलामका जनताले २०८१ सालमा नै ल्वाप्पा ख्वाइदिए । इलामको उपनिर्वाचनमा रास्वपाका उम्मेद्वार मिलन लिम्बूले आफ्नो धरौटीसमेत बचाउन सकेनन् । १ वर्ष पहिले रास्वपाको जति लोकप्रियता थियो अहिले त्यसको आधा पनि छैन । इलामको उपनिर्वाचनले पुष्टि गरिसकेकै छ । इलामको निर्वाचनमा प्रचारप्रसार गर्ने क्रममा रास्वपाले निर्वाचनको आचार संहितासमेत पालना गरेको थिएन । रास्वपाका मन्त्रीहरू राष्ट्रिय झण्डा हल्लाउँदै ताँती लागेर चुनावको प्रचारमा होमिएका थिए । तैपनि पार्टीले धरौटीसमेत बचाउन सकेन ।
कतिपयको भनाइमा रवि लामिछानेको अनुहार देख्यो कि जिबी राईको झल्को आउन थालेको छ । ‘भ्रष्टाचारीहरूलाई टँुडिखेलमा लगेर नाकको डाँडी फुट्ने गरी हान्न मन लाग्छ’ भनेर भन्ने रवि लामिछाने गृहमन्त्री भएका छन्, अब कति जनाको नाक फुट्ने हो ? राजनीतिक एजेन्डाभन्दा पनि भ्रष्टाचार विरुद्धको एजेन्डा लिएर आएका रवि लामिछाने स्वयं भ्रष्टाचारमा मुछिएको अनुभव जनताले गर्नु सबैका लागि दुर्भाग्य हो । नेवारीमा एउटा भनाइ छ, ‘धाय बलय् अपु धरग्वारा तपु ।’ यसको अर्थ हो, ‘भन्नलाई सजिलो, गर्नलाइ गाह्रो ।’ जाबो सहकारी ठग एक जनालाई त समात्न नसक्ने गृहमन्त्रीले देशकै ठुल्ठुला भ्रष्ट नेताहरूलाई कसरी समात्छन् ?
त्यसो त गृहमन्त्री लामिछाने स्वयं पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् । यसकारणले पनि लहरो तान्दा पहिरो जान्छ भनेर जिबी राईलाई नसमातिएको हो भन्ने आरोप लागेको छ गृहमन्त्रीलाई । भ्रष्टाचारीहरूको फाइल खोल्न पर्ने गृहमन्त्रीले रातमा ठमेल खोल्दै हिँडेका छन्, सर्वसाधारणहरूलाई लड्डु बाँडेर हिँड्छन् । कतिपयको भनाइमा गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारीहरू भनेका नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ । एकातिर सहकारी ठगी प्रकरणका कारण गृहमन्त्रीको पद नै धरापमा छ भने अर्कोतिर प्रचण्ड सरकार पनि तलबारको धारमा छ । यसकारणले पनि प्रधानमन्त्री स्वयं लामिछानेको बचाउ गर्दैछन् । विपक्षहरूले त्यत्रो विरोध गरिरहँदा पनि लामिछाने गृहमन्त्रीको पदमा टाँसिरहनु भनेको पदलोलुपताको परकाष्टा हो । यस कारणले पनि उनका समर्थकहरू घट्दै गएका छन् । रविलमिछाने पनि सत्ताको भोगी नै रहेछन् भन्ने जनतालाई लाग्न थालेको छ ।
मिसन ८४, मिसन ८४ भनेर हल्ला गर्ने दलहरूको मिसन सफल होला त ? २०८४ सालको आमनिर्वाचनमा बहुमत ल्याएर सरकार चलाई देशको ढुकटी दोहन गर्ने सपना बोक्नेहरू धेरै छन् । मिसन ८४ भनेर हल्ला गरिरहेका दलहरूले पनि २०८४ को आमनिर्वाचनमा एकल बहुमत ल्याउन सक्दैनन् । साना, ठुला, नयाँ, पुराना दलहरूले त्यस्तो के काम गरेका छन् देश र जनताको लागि ? जसको कारणले जनताहरूले बहुमत देओस् । देशमा रोजगारी छैन उद्योगधन्दाहरू छैनन् । युवाहरू धमाधम बिदेसिएका छन् । विद्यार्थीहरू अध्ययनका लागि भनेर धमाधम विदेश गइरहेका छन् । नेपालका कलेजहरू बन्द हुने अवस्थामा छन् । प्राध्यापकहरू बेरोजगार हुने अवस्थामा छन् । अध्ययनको नाममा देशको अर्बौं रुपैयाँ विदेसिएको छ । युवाहरूको अभावले देशको अर्थतन्त्र नै डामाडोल भएको छ । यतातिर खोई त दलहरूको ध्यान गएको ? खालि मिसन ८४ भनेर मात्र देश विकाश हुन्छ ? विद्यार्थीहरूलाई स्वदेशमा नै अध्ययन गर्ने वातावरण बनाउन प¥यो नि । खोई त शिक्षामन्त्रीको ध्यान गएको ? शिक्षकहरूले राजनीति गर्न पाइँदैन भनेर मात्र शिक्षामा सुधार हुन्छ त ? यो कदमले मात्रै विद्यार्थीहरू विदेशमा अध्ययन गर्न जाँदैनन् त ? काम कुरो एकातिर, शिक्षामन्त्री अर्कोतिर भनेजस्तै भएको छ । खोई त कुनै राजनीतिक दलहरू, सरकार तथा सांसदहरूले बन्द भएका कलकारखानाहरू खोल्नका लागि पहल गरेको ? खालि भाषण मात्रै गरेर देश बन्छ ? हेटौँडा कपडा कारखाना खोई ? हेटाँैडा सिमेन्ट कारखाना खोई ? चोभारको सिमेन्ट कारखाना खोई ? बाँसबारी छाला जुत्ता कारखाना खोई ? ५० लाख युवाहरू खोई ? यस्ता प्रश्न गरेर भनेर घोक्रो सुक्ने गरी कराउनेहरू अहिले सांसद छन्, मन्त्री छन् । बन्द भएका कलकारखानाहरू खोल्नका लागि पहल गरेको खोई त ? खालि भाषण मात्र गर्ने हो त सांसद भएर ? आफ्नो दल सरकारमा भएको बेला कम्तिमा एउटा, दुइटा बन्द भएका कलकारखानाहरू त खोल्न प¥यो नि, कि कसो तोसिमा कार्की जी ?
प्रतिक्रिया