आठ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

रौतहट । प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई बुधबार पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गौर नगरपालिका– ५ का २८ वर्षीय युवक राजन झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आठ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा प्रहरीले झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएपछि युवकलाई पक्राउ गरेर उनीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया