किन बोलेन कुमार रेग्मीका विषयमा कांग्रेस ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा दोहोरो मापदण्ड अपनायो । प्रस्ताव लैजाने मन्त्री विजयकुमार गच्छदारविरूद्ध किन मुद्धा दायर गरियो ? सोही जग्गाको लालपुर्जा सिरानी मुनी हालेर सुत्ने विष्णु पौडेललाई किन उमुक्ति दिइयो ? भन्ने नेपाली कांग्रेसको प्रश्न नाजायज होइन, तर विष्णु पौडेल मात्रै होइनन् लालपूर्जा सिरानीमुनी हालेर सुत्ने, सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले पनि उक्त १ सय १५ रोपनी जग्गामध्ये ८ आना जग्गा आफ्नो नाममा ल्याएर लालपुर्जा सिरानीमुनी हालेर सुतेका छन् ।

तर, प्रतिपक्षीदल नेपाली कांग्रेसले विष्णु पौडेलको विषयमा बोल्यो, कुमार रेग्मीका विषयमा बोलेन । आफ्नो पार्टीको पुरानो नेता तथा आफ्नै पार्टीको सिफारिसमा न्यायधीश बनेका कारण कांग्रेसले कुमार रेग्मीका विषयमा नबोलेको त होइन ? भन्ने प्रश्न जनस्तरबाट समेत उठ्न थालेको छ ।

यो अवधीमा न्यायधीश रेग्मी र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाबीच पटकपटक भेटघाट भइसकेको र भेटघाटका क्रममा न्यायधीश रेग्मीले संसद् अवरूद्ध नगर्न सुझाव दिएको समाचार आएका छन् । यो सामाचार सत्य नहुन पनि सक्छ तर न्यायधीश रेग्मी, बालुवाटार जग्गा प्रकरण र आरजु देउवाबीच केही न केही कनेक्सन रहेको धेरैले अनुमान गरेका छन् ।

वालुवाटारको १ सय १५ रोपनी जग्गा व्याक्तिका नाममा लैजाँदै गर्दा भूमाफियाहरूको वकिलका रूपमा कुमार रेग्मीले काम गरेका थिए । कानुनी सहयोग पु¥याए वापत शुल्कका रूपमा १ सय १५ रोपनीमध्येको ८ आना जग्गा आफूलाई प्राप्त भएको रेग्मीले स्वीकारी सकेका छन् । विष्णु पौडेलले भने अलि घुमाउरो पाराले जग्गा प्राप्त गरेको देखिन्छ । सामान्य तया जग्गा किन्दा लालपूर्जा र नक्सा हेरिन्छ । वडा कार्यालयले बनाइदिएको ४ किल्लाको सिफारिस हेरिन्छ, मालपोत कार्यालयले स्वामित्व हस्तान्तरण गरिदिन्छ । यति मात्रै हेर्ने हो भने विष्णु पौडल र कुमार रेग्मीमा फरक छ । तर चलन चल्तीको भन्दा कयौँ गुणा सस्तो मुल्यमा नेता पौडेलले जग्ग्गा लिए । चोरीको सामान सस्तो हुन्छ भन्ने कुरा उनलाई थाह थिएन होला ? जानी जानी चोरीको सामान किनेको जस्तो देखिन्छ ।

वालुवाटारको १ सय १५ रोपनी जग्गा व्याक्तिका नाममा लैजाँदै गर्दा भूमाफियाहरूको वकिलका रूपमा कुमार रेग्मीले काम गरेका थिए । कानुनी सहयोग पु¥याए वापत शुल्कका रूपमा १ सय १५ रोपनीमध्येको ८ आना जग्गा आफूलाई प्राप्त भएको रेग्मीले स्वीकारी सकेका छन् । विष्णु पौडेलले भने अलि घुमाउरो पाराले जग्गा प्राप्त गरेको देखिन्छ । सामान्य तया जग्गा किन्दा लालपूर्जा र नक्सा हेरिन्छ । वडा कार्यालयले बनाइदिएको ४ किल्लाको सिफारिस हेरिन्छ, मालपोत कार्यालयले स्वामित्व हस्तान्तरण गरिदिन्छ । यति मात्रै हेर्ने हो भने विष्णु पौडल र कुमार रेग्मीमा फरक छ

चोरलाई मात्रै होइन चोरीको सामान किन्नेलाई पनि कारवाहीको कानूनी व्यवस्था रहेको कुरा अख्तियारले भुल्यो । चोरीको सामान झुक्किएर किनेको र यर्थाथ थाह पाए पछि फिर्ता गर्न तयार रहेको भन्दै अख्तियारले नेता पौडेल र न्यायधीश रेग्मीलाई सफाई दियो ।

वालुवाटार प्रकरणमा विष्णु पौडेलको नाम लिना साथ नेकपाका कार्यकर्ता अरिंगाल जसरी खनिने, न्यायधीश रेग्मीको नाम लिना साथ कांगे्रसका कार्यकर्ता उतर्सिने अवस्था छ अहिले । पत्रकारहरू लेख्न डराई रहेका छन् । नागरिक समाजका अगुवाहरू बोल्न डराई रहेका छन् । विजयकुमार गच्छदारको विषयलाई लिएर त नेपाली कांग्रेसले आफ्ना भ्रतृ संगठनलाई सडक आन्दोलनमा उतारिसकेको छ ।

केही दिन नेपाली कांग्रेसले संसदको बैठक समेत अवरूद्ध ग¥यो । गच्छदारको विषयमा पनि नेपाली कांग्रेसले दोहोरो मापदण्ड अपनाएको छ । हिजो अर्को पार्टीमा हुँदा नेपाली कांग्रेसको दृष्टिकोणमा गच्छदार निकै ठूला भ्रष्टाचारी थिए । उनले भ्रष्टाचार गरेका कारण लोकतन्त्र कमजोर भएको विश्लेषण कांग्रेसको थियो । मान्छे उनै हुन्, प्रकरण त्यही हो, जब उनी कांग्रेसमा समाहित भए त्यस पछि उनलाई भ्रष्टाचार अभियोगमा मुद्धा लगाउँदा लोकतन्त्र कमजोर हुने विश्लेषणमा नेपाली कांग्रेस पुग्यो ।

हिँजो गच्छदारले भ्रष्टाचार गर्दा लोकतन्त्र कमजोर हुन लाग्यो भनेर कांग्रेसका नेताहरूले जुन चिन्ता जाहेर गरेका थिए, त्यो शत प्रतिशत ठिक थियो । लोकतन्त्रका धमिरा भनेकै भ्रष्टाचारी हुन् । तर आज गच्छदार विरूद्धल संवैधानिक अंगले अदालतमा मुद्धा दायर गर्दा लोकतन्त्र कमजोर भयो भन्नु नेपाली कांग्रेसको गलत दृष्टिकोण हो । भ्रष्टाचारको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन ग¥यो । केही तथ्य र प्रमाण फेला परेपछि विशेष अदालतमा मुद्धा दायर ग¥यो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग भनेको सरकार होइन, सरकारको निकाय पनि होइन, संवैधानिक अंग हो ।

संवैधानिक अंगका कुनै पनि कदममा सरकारको अंकुश लाग्दैन । संवैधानिक अंगले गरेको निर्णय विरूद्ध संसदको बैठक अवरूद्ध गर्नु जस्तो हास्यास्पद कुरा अरू केही पनि हुन सक्दैन । यदी ज्यादती गरेकै हो जस्तो लाग्यो भने अख्तियारकै कार्यालय अघि धर्ना गरे भइहाल्यो ? संसद अवरूद्ध किन गर्नु ? के अख्तियारले गरेको निर्णय सरकारले उल्टयाइदेओस भन्ने चाहेको हो कांग्रेसले ?

संवैधानिक अंगले गरेका निर्णय सरकारले उल्ट्याउन सक्ने नजीर सुरू होस् भन्ने चाहेको हो कांग्रेसले ? यदी हो भने नेपाली कांग्रेस भनेको नक्कली लोकतन्त्रवादी पार्टी हो । यदी नेपाली कांग्रेस सक्कली लोकतन्त्रबादी पार्टी हो भने संवैधानिक अंग तथा न्यायपालिकाको स्वतन्त्रता संवर्धनका लागि थप कटिबद्ध हुनु पर्छ ।

आज गच्छदार मुछिए, चार महीना अघि समाभुख कृष्णबहादुर महरा मुछिएका थिए । आँफू माथि करणी गर्ने प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले नेपाल प्रेस युनियनका महासचिव समेत रहेका जुझारू पत्रकार अजय शिबाकोटीलाई बयान रेकर्ड गराईन । उक्त बयानको श्रव्यदृश्य रेकर्डलाई उनले आफ्नो अनलाइनमा हुबुहु राखिदिए । सनसनी मच्चियो । यो विवरण आएको २४ घण्टा भित्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुख महरालाई वालुवाटार बोलाएर तत्काल राजीनमा दिन निर्देशन दिए ।

राजीनमा दिएको भोलिपल्ट प्रहरीले नियन्त्रणमा लियो । दशैँ मनाउनका लागि चार दिनको मौका मागेका थिए महराले, तर सरकारले त्यो मौका पनि दिएन । पीडित भनिएकी रोशनी शाहीले वयान फेरेकी पनि थिइन । ‘बेहोसी पारामा मिडिया बोलाएर यस्तो बयान दिन पुगिछु । यो घटना भएकै होइन भनिन् ।’ पिडितले यति कुरा भनिसके पछि सरकारले चाहेको भए महरालाई उन्मुक्ति दिन सक्थ्यो । तर जनताका अघि नांगिने डरले सरकारले त्यो हिम्मत गरेन । महरालाई च्याप्दा पार्टी थप वद्नाम हुने ठहरमा अर्का अध्यक्ष प्रचण्ड पनि पुगे ।

महरासँगै पार्टीको साखलाई सती नपठाउने दूरदर्शी निर्णय त्यतिबेला नेकपाले ग¥यो । यसबाट प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले शिक्षा लिनु पर्ने होइन र ? सडकमा गएर प्रत्येक जनतालाई सोध्दा पनि गच्छदारको चरित्रबारे जनताले उत्तर दिन्छन् । भलै गच्छदार इमान्दार होलान, तर उनको नाम चरक भ्रष्टाचारी नेताका रूपमा जनताबीच स्थापित गराउने मामलिामा नेपाली कांग्रेसको पनि ठूलो भूमिका छ । उनी मधेसी जनाधिकार फोरममा हुँदा नेपाली कांग्रेसका नेताहरूले संसदको के के आरोप लगाएका थिए ? त्यसको रेकर्ड बाहिर आयो भने कहाँ मुख देखाउने ?

तत्कालिन संविधानसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका एक सभासद्ले नेपाली कांग्रेसलाई एक स्मरण भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् –‘विजयकुमार गच्छेदार ‘…फोरम’ नामको पार्टीमा गएर संविधानसभामा आएका थिए । पहिलो संविधानसभाको सदन बसेको कुनै दिन नेता गगन थापले भाषण गर्नुभएको थियो – “सम्माननीय सभामुख महोदय, विजय गच्छेदार नामको ढाडे बिरालो नेपाली कांग्रेसमा दूध चोर्नसम्म चोरेर आज अर्को दलमा गएको छ ।

सो दलले बुझोस्, त्यहाँ पनि त्यो ढाडे बिरालोले धुरूधुरू रूवाउने छ । यस्तो चोर ढाडे बिरालोले नेपाली कांग्रेस छोडेकोमा ज्यादै खुसी लागेको छ ।” कसैको नामै लिएर बोलेकोमा सभामुख महोदयले रुलिङ पनि गर्नुभएको थियो । लक्ष्मण घिमिरेज्यू प्रमुख सचेतक हुनुहुन्थ्यो । त्यसदिनको सदन सकिएपछि मैले लक्ष्मण घिमिरेज्यूलाई सोधेको थिएँ– “गगनजीले भनेको सही हो त दाजु ?” वहाँले भन्नुभएको थियो – “अरे के भन्नु विजयजी, एक नम्बरको भ्रष्टाचारी हो नि त्यो मान्छे । त्यसले कांग्रेस छोड्यो, ज्यादै राम्रो भयो ।”

पछि निज गच्छेदार नेपाली कांग्रेसमा फिर्ता भए । अहिले अख्तियारले निज गच्छेदारलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको खबर आएको छ । आज नेपाली कांग्रेसले विजय गच्छेदारलाई “राजनीतिक प्रतिशोधमा फँसाइएको” भनेर सदन बहिष्कार गरेछ । यो दोहोरो चरित्रका लागि नेपाली कांग्रेसलाई के भन्ने ? लौन मित्रहरूले जवाफ दिनुस् ।’

प्रतिक्रिया