सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौँ । सरकारका प्रबक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा तानिएपछि उनले आज राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यस बारेमा जानकारी दिए ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदकाे सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री बासकाेटा बिवादमा तानिएका छन् ।

उनि २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए । तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनि मन्त्री बनेका थिए।

प्रतिक्रिया