फिदिम नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न

पाँचथर । फिदिम नगरपालिकाको छैटाैँ नगरसभा मंगलबार सम्पन्न भएको छ । सभामा अग्रज पत्रकार पाँचथर एफएमका अध्यक्ष कविन्द्र शर्मा नगदसहित प्रमाणपत्र ले पुरस्कृत भए । त्यस्तै नगरका उत्कृृष्ट कर्मचारी, योजना प्रमूख इन्दीरा दाहाल, प्राविधिक, इन्जिनियर प्रेम काफ्लेलाइ उत्कृष्ट कर्मचारीमा पुरस्कृत गरियो ।

पुरस्कृत व्यक्तिरुलाइ प्रदेश १ का समानुपातिक सांसद आशारत्न जवेगुले प्रमाणपत्र र खदाले सम्मान गरीन् । वेगुको उद्घाटन पछि विभिन्न बक्ताहरुले सभालाई शुभकामना दिए । बिकास भनेको पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा नगरको ध्यान जान जरुरी रहेको बताउँदै सुरक्षा, सुसाशन, अपराध न्युनिकरणलगायतका बिषयमा सिडिओ मुरारी वस्तीले बोलेका थिए । नगर योजनाबारे पार्टीलाइ थाहै नदिइ योजना बनाएको नेकपाका अध्यक्ष राजकुमार भण्डारीले गुनासो गरे ।

उपमेयर उर्मिला श्रेष्ठले पालिकाको चालु आर्थिक बर्षको विकास योजनाको आय व्याय प्रस्तुत गरिन् । कार्यक्रममा नेपाली कांग्रेसका रुपनारायण वेगु, राप्रपाका जगत थापा, पत्रकार महासंघ पाँथरका अध्यक्ष लवदेव ढुंगाना, उवासंघका अध्यक्ष दिपक नेपाल, जिससका प्रमूख बिष्णुप्रसाद साप्कोटा लगायतले आफ्ना भनाई राखेका थिए । नगर प्रमूख ओनाहाङ नेम्वाङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा सबै वडाका प्रमूख, कर्मचारी र नगरका करार कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया