नेपाल ओमानसँग फेरि आठ विकेटले हार्यो

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज पनि ओमानसँग ८ विकेटले पराजित भएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएको ओमानसँगको दोस्रो खेलमा नेपालले हार बेहोरेको हो । टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो।

ओमानका लागि अकिव इलियासले शतक बनाए । उनले नटआउट १०८ रन जोडे। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । त्यस्तै कप्तान जिशन मक्सूदले नटआउट ६८ रन जोडे भने ओपनर खवार अलीले ४१ र जतिन्दर सिंहले २३ रन जोडे । नेपालका लागि कुशल मल्ल र सुशन भारीले १र–१ विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाएका थिए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५ तथा कुशल मल्लले २८ रन बनाएका थिए । त्यस्तै ओपनर सुवास खकुरेलले २२ एवं आरिफ शेखले २८ तथा करण केसीले १० रन जोडे । ओमानका लागि अकिब इलियासले ४ र मोहम्मद नादिनले नेपालको ३ विकेट लिए।

यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले हारेको थियो । शनिबार भएको खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । नेपालले अब मंगलबार अमेरिकासँग शृ‌ंखलाको अन्तिम खेल खेल्नेछ।

प्रतिक्रिया