सन्दीप र जैसवालको उत्कृष्ट प्रदर्शनमा राजस्थानको जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित हात पारेको छ । राजस्थानलाई जित दिलाउने क्रममासन्दीप शर्माले लिएको ५ विकेट लिए भने यशस्वी जैसवालले सत्तक बनाए ।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेकोे मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १ विकेटको क्षतिमा ८ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो । मुम्बईमाथि सहज जित हात पार्ने क्रममा राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे ।

६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन् । जोस बटलर ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए । मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे । सोमबारको खेल अघि जैसवालले् यस सिजनको आइपिएलमा १४५ दशमलव ७८ को स्ट्राइक रेटमा १२९ रन जोडेका थिए ।

उनको कमजोर प्रदर्शन राजस्थानका लागि चिन्ताको विषय थियो । यस सिजनको आइपिएलको सुरुआती ७ पारीमा ६ वटामा पारिप्लेमा आउट भएका थिए । ती सबै पेस बलरको बलिङमा आउट भएका हुन् । यस अघि उनले कुनै पनि खेलमा अर्धसत्तक पनि प्रहार गरेका थिएनन् । सोमबार उनले १७३ दशमलव ३३ को स्ट्राइक रेटमा अविजित १०४ रन प्रहार गरेका हुन् ।

यसैगरी सन्दिप पनि गएका केही सिजन खराव फर्ममा थिए । उनको यस ५ विकेट सहितको प्रशर्दनले आसन्न विश्वकप टी २० को टोली छनोटमा एउटा नया बहस सुरु भएको छ । सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्डे १०–१० रनमा आउट भएका थिए ।

मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १÷१ विकेट हात पारे । चहल आइपिएलमा २ सय विकेट लिने पहिलो बलर समेत बनेका छन् । यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ । मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया