बासँबारी सम्हाल्दै युगल

काठमाडौं । युगलकिशोर राईको प्रशिक्षणमा बाँसबारी युवा क्लबले यसपटकको सहिद स्मारक ‘बी’ डिभिजिन लिग खेल्ने भएको छ । ‘बी’ लिग फागुन ११ गते काठमाडौंमा सुरु हुँदैछ । झापामा एकेडेमी सञ्चालन गर्दै आएका राईले कुनै पनि श्रेणीको क्लब हेर्न लागेको यो पहिलो पटक हो । पछिल्लो दुई सातादेखि उनले टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।

‘मलाई तीन वर्षअघि देखि नै क्लबले प्रस्ताव राखेको थियो ,’ राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य राईले भने,‘ यसपटक सबै हिसाबले वातावरण मिल्यो र प्रस्तावलाई स्वीकार गरे । टिम पनि राम्रो छ । बी लिग सम्म हेर्ने सहमति छ । ’राईले आफूलाई विश्वास गरेकोमा क्लब परिवारलाई धन्यवाद पनि दिए ।

‘ मेरो लागि पनि यो एउटा अवसर हो,’ रुस्लान थ्री स्टार र एनआरटीका पूर्व फरवाडउनले थपे,‘ हुन त हामीले फुटबल धेरै काम गर्न बाँकी छ । समग्र हाम्रो फुटबलको स्तर कमजोर भएको अवस्था छ । सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्नुपर्छ । मैले त्यहि सोचेर यो जिम्मेवारी लिएको छु ।’ केहि समयदेखि राई काठमाडौंमै रहँदै आएका छन् । एएफसी ए लाइसेन्स कोचिङ कोर्षमा भाग लिनका लागि उनी राजधानी आएका हुन् । ‘फस्ट मोडल सकिएको छ,’ राईले भने,‘ सेकेन्ड केहि समय पछि हुन्छ ।’

प्रतिक्रिया