सुखी जीवनको आधारः सत्मार्ग र शिष्टाचार

मानव जीवनलाई कुनै मूल्यसँग तुलना गर्न सकिँदैन । यस्तो अमूल्य जीवन पाएका हामी मानवहरू सदैव सुखी जीवनको खोजीमा हुन्छौँ । सुखदुःखको समीश्रण नै जीवन हो भनेर जान्दाजान्दै हामी आफ्नो जीवनलाई सुखको गोरेटोमा डो¥याउन अग्रसर रहन्छौँ । दुःखको छायाँ सम्म पनि हाम्रो वरिपरी नआइदियोस् भन्ने चाहना राख्दछौँ । विभिन्न चाहनाहरू मनमा लिएर जीवनलाई पूर्णतातर्फ लैजाने आधारहरू हामी खोज्दछौँ । तर, हामीमा उत्पन्न हुने असीमित चाहनाहरूले गर्दा कहिल्यै पनि हामी पूर्णताको महसुस गर्न सक्दैनौ ।

आफूसँग भएको एउटा सानो गाग्रोमा पूरै समुन्द्रको पानी अटाउन पाए हुन्थ्यो भन्ने चाहनाले हामीलाई वेला वेलामा दुःखी बनाइरहन्छ । कहिलेकाहिँ त सुख प्राप्त गर्ने सोचमा थाहै नपाई हामी जीवनमा गलत सम्झौताहरूसमेत गर्न पुग्दछौँ । जब हामी क्षणिक सुखको लोभमा सम्झौताका हातहरू अगाडि बढाउँदछौँ तब यसले दूरगामी असरहरू निम्त्याउँदछ । सोचेको एउटा अनि परिणाम उल्टौ भइदिँदा परै जीवन दुःखको भुमरीमा धकेलिन पुग्दछ । यस्तो परिस्थितिमा जीवनमा पश्चाताप शिवाय केही बाँकी रहँदैन ।

हो पक्कै पनि हामी सबै मानिसहरू एउटै स्वभावका छैनौँ । यदि, यस्तो भइदिएको भए “सन्तान थरिथरिका” भन्ने उखान नै बन्दैन थियो होला । हामीमध्ये कोही यस्ता छौँ कि जो आफ्नो कारणले अरूलाई अलिकति पनि दुःखको आभाष होला भन्ने सोचेर उक्त आभाष हुन नदिन सतर्कताका साथ कामहरू अगाडी बढाउँदछौँ । तर, हाम्रै समाजमा यस्ता मानिसहरूको पनि कमी छैन कि जो आफ्नो सीमित स्वार्थका लागि हरकदम अगाडि बढाउन तत्पर हुन्छन् ।

यस्ता मानिसहरू सहीभन्दा पनि गलत बाटाहरूको प्रयोग गरी छोटो समयमा नै धेरै लाभ प्राप्त गर्नतर्फ लालायित हुन्छन् । यस्ता नकारात्मक सोचका मानिसहरूको हावी समाजमा बढ्दै जाँदा सकारात्मक सोच भएका मानिसहरू अल्पमतमा पर्ने गरेका छन् । आफ्नै हातका औँलाहरू त बराबर छैनन भने मानिसहरूमा भिन्नता हुनु त नौलो कुरा होइन । तर, भिन्नताको नाममा सत्यलाई नअँगाल्नु र एउटा मानिसले अर्कोलाई मानिस नै होइन जस्तो गरी व्यवहार गर्नुचाहिँ अस्वाभाविक हो ।

हामीमध्ये कोही यस्ता छौँ कि जो आफ्नो कारणले अरूलाई अलिकति पनि दुःखको आभाष होला भन्ने सोचेर उक्त आभाष हुन नदिन सतर्कताका साथ कामहरू अगाडि बढाउँदछौँ । तर, हाम्रै समाजमा यस्ता मानिसहरूको पनि कमि छैन कि जो आफ्नो सीमित स्वार्थका लागि हरकदम अगाडि बढाउन तत्पर हुन्छन् । यस्ता मानिसहरू सहि भन्दा पनि गलत बाटाहरूको प्रयोग गरी छोटो समयमै धेरै लाभ प्राप्त गर्नतर्फ लालायित हुन्छन् 

‘म,’ ‘मेरो’ अनि ‘मलाई’ मात्र भन्ने प्रवृत्तिले व्यक्तिगत स्वार्थलाई स्थान दिने काम गर्दछ । पूर्वाग्रही भावनाले भरिपूर्ण ‘म’ भन्ने सोचाइबाट ‘हामी’ भन्नेतर्फ उन्मुख हुन नसक्नु घातक साबित हुन आउँदछ । आफूले गरेका नराम्रा कामहरू पनि राम्रा देख्नु अनि अरूले अँगाल्न खोजेका सही कदमहरूमा आैला उठाउनु सरासर गलत हो । हामीले विनाकारण एउटा औँला उठाएर अरूलाई गलत साबित गर्न खोज्दा अरू चारवटा औँलाहरू हामी आफैँतिर फर्किरहेको कुरा भुल्नु चाहिँ मुर्खता हो ।

यस्तै, मुर्खतापूर्ण सोचले अगाडि बढ्दै जाने हो भने कहिले आफ्नै जीवनमा दुर्घटना निम्तिन्छ भन्ने कुराको पत्तै हुँदैन । समय आफैँमा बलवान छ र समयसँगै हरेक कुरा परिवर्तन हुँदै जान्छ । यस आधारमा हेर्दा समय सँधै आफू अनुकूल हुन्छ भनेर सोच्नु एकदमै गलत हो । भनिन्छ कि अहिलेको कलियुगमा आफूले गरेको गलत कामको सजाय समयले आफ्नै जीवनकालमै देखाइदिन्छ ।

वास्तवमा भन्ने हो भने सुखी जीवन जिउने आधार भनेको सत्मार्र्ग र शिष्टाचार नै हो । सत्मार्गलाई पछ्याएर अगाडि बढे ढिलोचाँडो जीत सुनिश्चित छ । गलत बाटाहरूबाट केही समय त खुसी मिल्ला तर यो खुसी धेरै समय अडिन भने सक्दैन । यस्ता गलत बाटाहरूको प्रयोगकर्ताको भिडमा सत्यको जगमा अडिग रहेर केही मानिसले चालेका कदमहरूले तत्काल उल्लेखनिय प्रतिफल नदेखिएको जस्तो लागे पनि यसले भविष्यमा निश्चय नै प्रतिफल प्रदान गर्दछ । सत्य जहिले पनि सत्यनै हुन्छ । असत्यमाथि सँधै नै सत्यले जीत हासिल गर्दछ ।

सत्मार्गमा हिड्नेलाई जस्तोसुकै आँधीबेहरी आए पनि डगमगाउन सक्दैन । सत्मार्गको साथसाथै शिष्टाचारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसै पनि मानव जीवनलाई दुई दिने चोलाको संज्ञा दिने गरिन्छ । सबैसँग एक बचन मिठो बोलिदिँदा के नै बिग्रन्छ र ? मुहारमा मुस्कान अनि बोलीमा मिठास भएपछि त सुनमा सुगन्ध नै भइहाल्यो नि । यस्तो कार्यबाट सबैको मन सजिलै जित्न सकिन्छ । सबैसँग हाँसीखुसी व्यवहार गर्दा स्वास्थ जीवन यापनमा पनि सघाउ पु¥याउँदछ । सत्मार्गलाई पछ्याउँदै हाँसिखुसी स्वस्थ र व्यस्त जीवनयापन गर्न सकेमा निश्चय नै असफलताका पर्खालहरूलाई भत्काएर सफलताको शिखर चुम्न सकिन्छ ।

जीवन आफैँमा एउटा खुल्ला किताब हो । गलत बाटाहरू र गलत सम्झौताहरूको प्रयोगबाट क्षणिक सुख प्राप्त गर्न खोजेर जिन्दगीभर दुःखको सागरमा मोडिनुभन्दा थोरै भए पनि सत्मार्गलाई पहिल्याएर गरेका कामहरूले जीवनमा असिमित खुसीको बहार ल्याइदिन्छ । भनिन्छ नि उड्ने चाहना राख्ने मानिसले सर्वप्रथम त हिँड्न जान्नु पर्दछ । पहिला हिड्न नै नसिकी एकैचोटी उड्न खोजे जीवनमा ठूलो क्षति व्यहोर्नुपर्ने पनि हुन सक्दछ ।

यो कुरालाई मनन गर्दै हरेक मानिसले एकैचोटी ठूलो भाग खोज्नु भन्दा साना साना कार्यहरूलाई बढाउँदै विस्तारै ठूलो रूप दिन तर्फ अग्रसर हुनु पर्दछ । यसका लागि हामीले चाल्ने हरेक कदमहरूमा सोच विचार गरी साबधानी अपनाउनु उत्तम हुन्छ । दुईदिने चोलाको संज्ञा दिइए पनि हाम्रो जीन्दगी आफैँमा लामो छ । यसर्थ, छोटो समयको खुसीको लागि चालेका असावधानीपूर्ण कदमहरूले पूरै जिन्दगीमा ग्रहण लगाइदियो भने आफ्नो जीवन आफैँलाई अर्थहीन भइदिन्छ ।

सुखी जीवनको आधार पहिल्याउँन “म” अथवा “मलाई” मात्र भन्ने सोच आजैबाट हटाई “हामी” सबैलाई समावेश गरी सबैको राम्रो होस भन्ने कामनागर्नु पर्दछ । सबैको भलो सोची अघि बढाएका सकारात्मक कामहरूले पक्कै पनि आफूलाई फाइदा पु¥याउँछ । सहि कदमको सुवात सँधै आफू र आफ्नै परिवारबाट गर्ने बानीको विकास गर्नु पर्दछ । परिवारका सदस्यहरू बिच नै मेलमिलाप गराउन नसक्ने व्यक्तिले समाजका अरूलाई परिवर्तन गराउन सक्छु भनेर सोच्नु बुद्धिमानी ठहरिँदैन ।

यसका लागि सर्वप्रथम त श्रीमान् श्रीमतीले एक–अर्काबीच शिष्टता कायम राखी सत्मार्ग अपनाउने प्रण गर्नु पर्दछ । आफ्नो घरमा पूर्ण पारिवारिक माहोल बनाई आफ्ना बालबालिकहरूलाई सानैदेखि सत्मार्ग र शिष्टाचार सफलताका सूत्र हुन भनि यसलाई व्यावहारिक रूपमा उतार्न प्रेरणा जगाउनुपर्दछ । आफूले जीवनमा गरेका गल्तीहरू पनि भावी पुस्ताले नदोहो¥याऊन् भनि गलत सम्झौता र गलत बाटाहरूको प्रयोगले पर्ने दिर्गगामी असरहरूका बारेमा बुझाउन सक्नु पर्दछ । यसो गर्न सकियो भने विस्तारै गलत सोच भएका मानिसहरूको संख्या घट्दै जान्छ । यसले सुखी जीवनको साथ साथै देशको समृद्धमा समेत टेवा पु¥याउन मद्दत गर्दछ ।

प्रतिक्रिया