सडक दुर्घटना न्यूनीकरणको आधार

अनुशासन नियमको यस्तो परीधि हो, जसले मानव मात्रलाई सतमार्गमा लाग्न पे्ररित गर्छ । त्यसो भएको हुदा हरेक कार्यक्षेत्रमा आबद्ध रहने समूहको व्यक्तित्व विकासको महत्वपूर्ण कडिको रूपमा यसलाई लिन सकिन्छ । जसले आफ्नो कर्तव्य बोधलाई मनन गर्दै दिइएको कार्यमा निपूर्णता हासिल गराउँछ ।

आज मुलुकमा देखिएको कहालीलाग्दो सडक दुर्घटनाको दरलाई न्यून गर्न सडक अनुशासनले उपलब्धिमूलक नतिजा हासिल गर्न सक्षम रहनेछ भन्ने, विश्वास लिन सकिन्छ । जसको अभावमा हामी मानव समुदायको अमूल्य जिवन दुर्घटनाको चपेटामा पर्न गई अंगभंग वा शाश्वत सत्यको रूपमा रहेको मृत्युवरण गर्नुपर्ने कठोर अवस्था सिर्जना हुन सक्छ ।

यस तथ्यलाई मध्यनजरमा राख्दै हरेक सडक प्रयोग कर्ता समूह, यात्रु एवं चालकसमूहले आफ्नो गन्तव्य पहिचान गर्नुृपर्ने हुन्छ । मुलुकको भौगोलिक संरचनाअनुसार सडक क्षेत्रको अवस्था अपवादबाहेक धेरैहदसम्म अत्यन्त संवेदनशील छ । विशेष सावधानीका साथ सडक प्रयोग गर्ने हो भने मात्र, क्षति न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सम्भव हुन्छ । अन्यथा सडक दुर्घटनाको भयाभय अवस्था यथावत कायमै रहनेछ ।

पूर्ण सुरक्षित रहनको लागि सडक सुरक्षाको प्रारम्भिक आधारभूत मापदण्डको मूलभूत सिद्धान्तलाई हेक्का राख्नै पर्छ । जसको अभावमा दुर्घटनाको दरमा अत्यधिकता कायम रहनेछ । यस सन्र्दभमा भन्नुपर्दा जुन रूपमा आधारभूत मापदण्डलाई मापन गरीनु पर्ने थियो त्यसमा आएको न्यूनता वा लापरवाहीको नियतीे नै दुर्घटनाको भयाभय रूप हो । त्यसो भएको हुँदा नियमनकारी निकाय एवं चालक समुदायको सकारात्मक वा नकारात्मक भूमिकाले दुर्घटनाको दर निर्धारण गर्नेछ ।

तसर्थः नागरिक स्वतन्त्रताको नाममा सडक अनुशासनलाई कुनै पनि पक्षले चाहेर पनि तोड्नु हुँदैन । किनकि, सानो भन्दा सानो अनुशासनहिनता नै भयाभय दुर्घटनाको उद्गमस्थल बन्न सक्ने हुँदा दुर्घटना न्यूनीकरणको क्षेत्रमा उपलब्धिमूलक सकारात्मक नतिजा हासिल गर्न सर्वपक्षीय अनुशासित रहनु आजको आवश्यकता हो ।

यात्राको सकश न्यून गर्दै सडक दूरीको तय गर्ने प्रवृत्तिले निर्धारित समयावधि भित्रमा नै सकुशल एवं सुरक्षित यात्राको सम्भावना रहन्छ । जुन हरेक यात्रुको चाहनासमेत भएको हुँदा उक्त अवस्था प्राप्तिका लागि निश्चित रूपमा सम्बद्ध चालक समुहले आफुलाई यात्रा अवधिभर कठोर सडक अनुशासनमा बाध्ने दृढ संकल्प गर्नुपर्नेछ । तदुपरान्त ः सुखद यात्राको परिकल्पना यथार्थमा परिणत हुनेछ ।

सही रूपमा पालना गरिएको सडक अनुशासनले यात्रालाई सहज बनाउँदै शुभयाात्राको कामनालाई यथार्थमा परिणत गराउने कुरामा कुनै आशंका रहने छैन । यात्रा अवधिभर विशेषगरी चालक समूहले तनावरहित सकारात्मक सोचले गन्तव्य तय गर्ने यथोचीत वातावरण मिलाउने हो भने सडक दुर्घटना न्यूनीकरणका क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा राख्न सकिन्छ । आज नेपाललगायत विश्वमा सडक दुर्घटनाको अवस्था यति भयाभय छ कि भनेर साध्य नै छैन । एक तथ्यांकअनुसार विश्वमा प्रत्येक २३ सेकेन्डको अनुपातमा एक व्यक्ति तथा नेपालको हकमा प्रत्येक दिन १० भन्दा बढि यस प्रकारका दुर्घटनाको सिकारमा पर्ने गरेका छन् ।

सडक अनुसाशनको महत्वलाई सडक प्रयोगकर्ता हामीहरू कसैले पनि सहजै भुल्नु हुदैन । विपरीत अवस्था कायम रहने हो भने अकल्पनीय दुर्घटनाको शिकारमा हामी तपार्इंमध्ये जो कोही पनि पर्न सक्ने भएबाट सडक सुरक्षासम्बन्धी अवधारणाको बारेमा अत्यन्त संवेदशील रहँदै आफ्नो गन्तव्य निर्धारण गर्नुपर्ने हुन्छ ।

आजसम्म भएका जति पनि दुर्घटनाहरू छन् तीमध्ये धेरै हदसम्म यस क्षेत्रमा बहाल रहनुपर्ने अनुशासनलाई सहजै बेवास्ता गरिएकै परिणामले निम्ताएको भयाभय रूप मात्र हो । किनकी सानो भन्दा सानो हेलचक्र्याइँको कारण भयानक दुर्घटनालाई स्वीकार गर्नुपरेको तथ्य यस क्षेत्रको जानकारहरूको बुझाइमा रहेको छ । तसर्थः दुर्घटनाको दरमा सुधारात्मक न्यूनीकरणको लागि सुरक्षा शर्तकताको अनुशासनलाई मुख्य केन्द्रबिन्दु बनाई सोसम्बन्धी सचेतात्मक कार्यक्रमलाई अभियानको रूपमा नै चलाउनुपर्छ । जसले कहालीलाग्दो दुर्घटनाको दर न्यून गर्नमा मूलमन्त्रको रूपमा कार्यगर्न सक्षम रहनेछ ।

सडक स्वतन्त्रताको नाममा जथाभावी गर्ने प्रवृतिको विकासले अन्तत जोखीमपूर्ण दुर्घटनाको दरलाई निम्ताउने हुदा सदैव सचेत रहदै अनुशासित तवरवाट सुरक्षा शर्तकतालाई मध्यनजरमा राखी सडक क्षेत्रको प्रयोग गर्न सम्बद्ध क्षेत्रको अनुशासनले प्रेरित गर्नेछ । यसका अतिरिक्त ट्राफिक नियम, संकेत एवं सडक सुरक्षा संवेदनशीलतालाई राम्ररी मनन गर्ने हो भने स्वतफूर्त रूपमा अनुशासनको अभिवृद्धि हुन गई चालक, यात्रु एवं सडक प्रयोगकर्ता अन्य कुनै पनि पक्षले सुरक्षाको पूर्ण अनुभूती गर्न सक्ने परिस्थितीको निमार्ण हुनेछ । सडकक्षेत्र आफ्नो निजी सम्पती हो भन्ने गलत मानसिकतालाई त्याग्दै अन्य प्रयोग कर्ता पनि छन् भन्ने तथ्यलाई मननगर्दै वास्तविक धरातलमा रहने चेष्टा गर्ने हो भने, आज मुलुकमा कायम रहन आएको दुर्घटनाको दरमा उल्लेख्य सुधार हुने कुरामा कुनै द्विविधा रहने छैन ।

दुर्घटना भवितव्य भएको हुँदा जुनसुकै समय वा स्थानमा घट्न सक्ने तथ्यलाई हृदयगंम गदै अनुशासनको पूर्णको पालना गर्दै सकभर दुर्घटना हुनै नदिनु अब्बल अनुशासित दक्षता समेत हो । जसको सफल प्रयोगबाट मात्र सडक क्षेत्रमा न्यूनतम मानवअधिकारको रक्षा गर्दै दुर्घटनारहित सकुशल जीवनको पूर्णता प्राप्ति हुनेछ ।

सम्बद्ध क्षेत्रको भौतिक पूर्वाधार निर्माणले पनि दुर्घटनाको दरमा कमी ल्याउन सकिने हुँदागुणस्तर सुधारको नाममा जथाभावि निमार्ण कार्य गर्न अंकुश लगाउनुपर्ने हुन्छ । निर्धारित समयसिमा सहितको निमार्ण कार्यले दुर्घटना न्यूनीकरणको क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा राख्न सकिनेछ । मानविय एवं प्राविधीक दुबै पक्षको सहिष्णुताले नै यस क्षेत्रमा रहेको नकारात्मक प्रभावलाई चिर्दै दुर्घटना न्यूनीकरणको क्षेत्रमा उल्लेख्य सकारात्मक नतिजा हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ ।

यसका साथै चालकको गुणस्तर एवं सवारी साधनको चुष्त—दुरूष्त अवस्थाले दुर्घटना न्यूनीकरणको क्षेत्रमा मुख्य भूमिका खेल्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । सुरक्षा सम्वेदनशिलताको प्रभावकारिताको आधारमा आवश्यकताअनुसार घुम्ती र मोडहरूमा ऐनाको व्यवस्थापनको साथै धुवा, धुलो एवं ध्वनि प्रदूषणको चर्को मारबाट यस क्षेत्रलाई पृथक राख्नु नै सकुशल यात्राको गन्तव्य निर्धारण गर्नू हो ।

निरन्तर रूपमा रहने पट्यारलाग्दो अवस्थाबाट मुक्ति पाउन वैकल्पिक चालकको व्यवस्थापन गर्दै केही घण्टाको यात्रामा मनोविनोदको लागि विश्रामको व्यवस्था गर्नुपर्ने हुन्छ । जसबाट यात्राको थकानमा केही हदसम्म भए पनि राहतको अनुभूति हुनेछ । अत ः अनुशासित एवं सुरक्षित सडक प्रयोगको लागि सदैव सडकको मध्यभागमा रहेको लक्षण रेखालाई हेक्का राखी यसको महत्वलाई ध्यानमा राख्दै सवारीको गति निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्ने हो भने निश्चित रूपमा दुर्घटनाको दरमा सुधार आई अमूल्य मानव जनधनको क्षतिमा न्यूनता छाउने ५ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया