मिटरब्याजी मन्त्री

०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा करिब सात महिना कानुन, वन तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गैँडा बेचेको आरोप लागेका यादवले स्वदेशमा रोजगारी सिर्जना गरी युवालाई विदेश पलाएन हुनबाट रोक्छु भनेर भाषण गरिरहेका छन्

केही दिन पहिले ओली सरकारको मन्त्रीमण्डल फेरबदल भएको छ । फेरबदल गरिएको मन्त्रीमण्डलमा मधेस आन्दोलनका वेला नेपाली टोपी जलाउने नै नेपाल सरकारका मन्त्री भएका छन् । मधेस आन्दोलनका वेला पहाडी र मधेसीबीच विवाद भड्काउन नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई सर्लाही जिल्लाको हरिवनमा विवादित भाषणसँगै नेपाली टोपी जलाएको आरोप लगाइएको थियो ।

मिटर ब्याजीको पृष्ठभूमिमा हुर्केका नवनियुक्त मन्त्री यादवले मन्त्री भएपछि देशलाई भ्रष्टाचारमुक्त बनाउने घोषणसमेत गर्न भ्याएका छन् । भ्रष्टाचार मुक्त हुनु देशको लागि राम्रो कुरो हो भने भाषणले मात्र मुक्त र व्यवहारमा लागू नहुँदा चिन्ता लिनु स्वाभाविकै हो । ०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा करिब सात महिना कानुन, वन तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गैँडा बेचेको आरोप लागेका यादवले स्वदेशमा रोजगारी सिर्जना गरी युवालाई विदेश पलाएन हुनबाट रोक्छु भनेर भाषण गरिरहेका छन् ।

नेकपाभित्र लोकप्रिय र भलाद्मी युवा नेताका रूपमा चिनिएका गोकर्ण विष्टलाई विस्थापित गर्दै यादव श्रम तथा सामाजिक सुरक्षामन्त्री भएका छन् । यादव मन्त्री भएपछि म्यानपावर व्यवसायी खुसीको दिन फर्किएको भन्दै सल्बलाएका छन् । हुन त मन्त्री यादव आर्थिक मामलामा मात्र हैन अवसरको खोजीमा सधैँ पार्टी परित्याग गर्ने नेताभित्र पर्दछन् ।

यादव मन्त्री भएकै वेला सामाजिक सञ्जालमा उनको फोटो भाइरल भएको थियो । चिनियाँ राजदूतले रायलाई भेट्दा रक्सी उपहार दिएका थिए । उपहार लिन अगाडि रहेका यादव राजनीतिको आडमा जनताको काम गरेबापत पनि उपहार लिने केही उनी निकट नेताहरू बताउँछन् । मिटर ब्याजको संस्कारमा हुर्केका यादवले सर्लाहीदेखि काठमाडौंसम्म आउने युवाहरूको काम गराइदिएबापत सानोतिनो उपहार लिएरै छाड्ने आरोप लगाएका छन् ।

नेपालको राजनीतिक परिवर्तनसँगै यादव सरकारी जागिर छाडेर ०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गरे । ०६२ मा कानुनमन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनेका यादव ०६४ को मधेस अन्दोलनसँगै मधेसी जनअधिकार फोरममा आइपुगेका थिए । मधेसी जनअधिकार फोरममाबाट ०७० सालमा समानुपातिक तर्फबाट सभासद बनेका थिए । फोरम भित्रको विवादसँगै नेता राय विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरममा प्रवेश गरे । उनले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद हातपारेका थिए ।

वरिष्ठ उपाध्यक्ष रहेका यादव गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उनको राजनीति एकाएक फेरियो र रायले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाएका थिए । मधेस आन्दोलनमा नेपाली टोपीलाई जलाउने उनै नवनियुक्त श्रममन्त्री यादवले नेपाली दौरा सुरुवाल र ढाकाटोपी लगाएर शपथ लिएका छन् ।

युवा नेताका रूपमा चिनिएका गोकर्ण विष्टलाई विस्थापित गरेपछि उनले टोपी जलाएको इतिहास बिर्सदै दौरा सुरुवाल र कालो भादगाउँले टोपीमा शपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यो दहीचिउरे व्यवहारले पनि मन्त्री यादवको आचरण प्रस्ट हुन्छ । अवसर पाएपछि कति चाँडो रङ फेरिरहन्छन् भन्ने कुरा । नवनियुक्त मन्त्रीले आफू अनुकुलसमय र पार्टी बनाउनकै लागि जुन दल तराई मधेसमा बलियो छ त्यतै गए । उपेन्द्रसँगको मनमुटावपछि विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव पनि हिँडे ।

उनी गच्छदारको पार्टीको उपाध्यक्ष बनाइए । पार्टीमा गच्छदारपछिको भूमिकामा (वरिष्ठ उपाध्यक्ष) रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे । छोरा विक्रमलाई तत्कालीन माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए । बुवा बिलट राय यादव अहिले पनि गाउँमा मिटरब्याजको कारोबार गरिरहेका छन् । गोकर्ण विष्टलाई विस्थापित गर्दै यादव श्रम तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा आएपछि म्यानपावर व्यवसायी खुसीको दिन फर्किएको भन्दै सल्बलाएका छन् ।

यादव मन्त्री भएकै वेला सामाजिक सञ्जालमा उनको फोटो भाइरल भएको थियो । चिनियाँ राजदूतले रायलाई भेट्दा रक्सी उपहार दिएका थिए । उपहार लिन अगाडि रहेका यादव राजनीतिको आडमा जनताको काम गरेबापत पनि उपहार लिने केही उनी निकट नेताहरू बताउँछन् । मिटर ब्याजको संस्कारमा हुर्केका यादवले सर्लाहीदेखि काठमाडौंसम्म आउने युवाहरूको काम गराइदिएबापत सानोतिनो उपहार लिएरै छाड्ने आरोप लगाएका छन् ।

राजनीतिमा सधैँ शक्तिको नजिक बस्न चाहने यादवले ०५३ सालमा मन्त्री हुँदा हालका राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतो स्वकीय सचिव थिए । त्यसवेला सद्भावनामा महतो नेता भइसकेका थिएनन् । निर्वाचनमा सांगठनिक मत भन्दा जातिय मुद्दा लिएर अगाडि आउने यादवले नेकपामा प्रवेश भएपछि पनि जातीय भोटकै आधारमा निर्वाचन जित्न सफल भएका थिए ।

मन्त्री हुँदा पनि गाउँमा कुनै विकासे कार्यक्रम गरेको भन्दै सामाजिक छवि बिग्रेका यादवले नेकपामा प्रेवेश पछि पनि बुवा विलटको पैसा र छोरा विक्रमको पावरको आडमा निर्वाचनमा बढी नै उपयोग गरेका थिए । दलित, मुस्लिम, जनजाति र न्यायमा पहँुच नपुगेका सर्वसाधारणसँग राजनीतिक आडमा काम गरिदिएबापत आर्थिक कलेक्सन गर्ने श्रममन्त्री यादवले दलाल म्यानपावरलाई कानुनी दायरामा ल्याउँछु भन्नु भ्रमको खेती मात्रै हो ।

प्रतिक्रिया