आगामी जनगणना ०७८ मा ध्यान दिनुपर्ने पाटो

‘मुखिया’ भनेको जातिबोधक शब्द नभएर कुलुङ, बान्तवालगायत खम्बुले पाएको ‘राई’, लिम्बू र लाप्चाले पाएको ‘सुब्बा’, थारूले पाएको ‘चौधरी÷चौधराई’ पद वा पगरीजस्तै सुनुवार जातिले पाएको ‘मुखिया’ पद वा पगरी मात्रै हो 

०६८ सालको जनगणनामा नेपालमा आदिवासी जनजातिहरूको जातिगत संख्या बढेर ६० पुगेको छ । जस्तै हिमाली आदिवासी जनजाति ९, पहाडी आदिवासी जनजाति ३४, भित्री मधेसी आदिवासी जनजाति ७, मधेसी आदिवासी जनजाति १० गरी जम्मा ६० वटा जातिहरू आदिवासी जनजातिका रूपमा आए । त्यसो त २०६८ सालको राष्ट्रिय जनगणनामा आएका अरू केही जातजातिहरूले पनि आफूहरू आदिवासी जनजाति हौँ भनी दाबी गरिरहेका छन् ।

यसरी हेर्दा विसं ०४८ को जनगणनादेखि नै जनसंख्याको सवालमा लगभग स्थिर रहेको जातीय जनसंख्या भनेको थकालीको रहेको देखिन्छ । किनभने, थकालीको जनसंख्या क्रमशः २०४८ मा १३ हजार ७३१, २०५८ मा १२ हजार ९७३ (२०४८ भन्दा केही घटेको) र २०६८ मा १३ हजार २१५ (२०४८ भन्दा ५०० कमै) रहेको देखिन्छ । जे भए तापनि जनगणनामा एकै जाति थकाली भनी आएको एक जाति थकाली २०५४ मा बनेको जनजाति समितिअन्तर्गत ६ वटा अलग–अलग जातिमा सूचीकृत भए ।

जस्तै, थकाली, मार्फाली थकाली, चिमतन, छैरोतन, ठिनतन, स्याङतान भएका थिए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बनेपछि (२०५८ मा) थकाली, मार्फाली थकाली, (चिमतन, ठिनतन, स्याङतानलाई गाभेर) तीनगाउँले थकाली र छैरोतन गरी ४ खाले थकाली सूचीकृत भएका थिए ।

तर, उनीहरू ०५८ र ०६८ को जनगणनामा भने एकै जाति थकालीकै रूपमा रहेका छन् वा भनौं सूचीकृत भएअनुसार अलग–अलग जातिका रूपमा आएका छैैनन् । भित्री मधेसमा भने, तीनवटै जनगणनामा आदिवासी जनजातिको जातीय संख्या स्थिर रहेको देखिन्छ । अर्थात् २०४८, २०५८ र २०६८ को तीनवटै जनगणनामा भित्री मधेसमा ७ वटा आदिवासी जनजातिको तथ्यांक आएको छ ।

यसरी हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरू बढ्ने क्रममा सबैभन्दा धेरै २०६८ को जनगणनामा लगभग ४३ प्रतिशत बढेको देखिन्छ । अर्थात् ४२ रहेकोमा १८ वटा बढेर ६० वटा भएको छ भने, २०५८ मा पनि ०४८ को २५ वटाको तुलनामा झण्डै ३९ प्रतिशतले बढेर ४२ वटा भएको थियो । आगामी २०७८ को १२ औं जनगणनामा पनि आदिवासी जनजातिहरूको जातिगत संख्या अरू बढ्ने संभावना छ ।

त्यस्तै हरेक जनाणनामा जातीय जनसंख्या पनि घट्ने र बढ्ने क्रम जारी छ । जस्तो कि २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राईको जनसंख्या २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार ४ मा झरेको देखिन्छ । त्यस्तै २०५८ को राष्ट्रिय जनगणनामा गुरुङको जनसंख्या ५ लाख ४३ हजार ५७१ रहेकोमा ०६८ को जनगणनामा ५ लाख २२ हजार ६४१ मा झरेको छ भने, शेर्पाको जनसंख्या पनि २०५८ को जनगणनामा १ लाख ५४ हजार ६२२ रहेकोमा ०६८ को जनगणनामा १ लाख १२ हजार ९४६ मा झरेको छ ।

अचम्म के छ भने, ०४८ को नवौँ जनगणनामा सुनुवार जातिको जनसंख्या ४० हजार ९४३ मात्रै आएपछि सुनुवार सेवा समाज (सुसेस) ले केन्द्रीय तथ्यांक विभाग (केतवि) लाई आग्रह गरेर मुखिया लेख्ने जत्ति सबैलाई २०५८ को जनगणनामा सुनुवार जातिमा राखी दिन आग्रह गरेको, उत्तम सुनुवार (कोइँचबु कातिचा) ले यो पंक्तिकारलाई बताएका थिए । नभन्दै २०५८ को जनगणनामा सुनुवार जातिको जनसंख्या डबलभन्दा पनि बढीले बढेर ९५ हजार २५४ पुग्यो ।

किनकि, २०५८ मा मुखियाहरू सुनसरी, मोरङ, धनुषा, सर्लाही, महोत्तरी आदि मधेसका जिल्लाहरूमा पनि प्रशस्तै रहेको देखियो । त्यसपछि सुनुवार जातिको सामाजिक संस्था ‘सुनुवार सेवा समाज (सुसेस)’ का सदस्यहरू ती जिल्लामा सुनुवार सेवा समाज (सुसेस) को कमिटि गठन गर्न र प्रशिक्षण दिन भनी गए ।

तर, सुनसरी, मोरङ, धनुषा, सर्लाही, महोत्तरी आदि जिल्लामा मुखिया लेख्नेहरू किराती सुनुवार अर्थात् ‘मुखिया’ नभएर बिन, मल्लाह, बडही, गडेरी आदि रहेछन् । हुन पनि ‘मुखिया’ भनेको जातिवोधक शब्द नभएर कुलुङ, बान्तवालगायत खम्बुले पाएको ‘राई’, लिम्बु र लाप्चाले पाएको ‘सुब्बा’, थारूले पाएको ‘चौधरी÷चौधराई’ पद वा पगरी जस्तै सुनुवार जातिले पाएको ‘मुखिया’ पद वा पगरी मात्रै हो ।

तर, किन र कसरी नेपालमा जातजाति, भाषाभाषी र धार्मिक वर्ग वा समूहहरू बढी रहेका अथवा घटी रहेका छन् ? भन्नेबारेमा नेपालका मै हँु भन्ने समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री तथा विद्धान एवं विज्ञहरू नै तैँ चुप, मै चुप छन् । कताकति नेपालको भाषाभाषीका सम्बन्धमा लेख्ने र भाषाविद वा भाषाविज्ञ हौँ भन्ने र भनिनेहरू अनि आप्mनो नामको पछाडि प्राडा. लेख्नेहरूले पनि एक जाति राईको २८ वटा भाषा हुन्छ भनेर सुगा रटाइ गरेपछि अरूको हालत के होला ?

त्यसैले हरेक जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदिले जनगणनामा आप्mनै जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदिको अगुवाहरूलाई तालिम दिएर ०७८ को जनगणनामा खटाउन केन्द्रीय तथ्यांक विभागसँग आग्रह गर्दै आएका छन् । त्यसो हुन नसकेमा कम्तीमा पनि आगामी जनगणना (०७८) मा खटिने जनगणकले व्यक्ति भनेबमोजिम वा समुदायले भने बमोजिम नगरेर÷नलेखेर जताभावी लेखेमा वा आफूखुसी गरेमा त्यस्ता जनगणकलाई केही न केही कारबाहीको भागीदार बन्न सक्ने व्यवस्था गरिनुपर्छ ।

हुन त शिक्षक वा मास्टरहरूलाई जनगणक बनाइनु हँुदैन भनेर गत लामो समयदेखि माग राख्दै आएको हो । जुन माग यसपटको जनगणनामा पूरा भएको छ । यो पंक्तिकारको जिल्ला तेह्रथुम हो । त्यहाँ मोराहाङ भन्ने गाउँ छ । सो गाउँमा ०६८ मा बादी जातको केही संख्या उल्लेख गरिएको÷देखाइएको छ । जुन गाउँ हाल मेन्छ्यायाम गाउँपालिकामा पर्छ । जबकि, त्यहाँ बादी जातै छैन । मोराहाङ गाउँमा मात्रै होइन, सम्भवतः पूरै तेह्रथुम जिल्लामा बादी छैनन् ।

त्यसैले, केन्द्रीय तथ्यांक विभागले आगामी १२औँ जनगणनामा सकेसम्म सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदिका अगुवाहरूलाई नै तालिम दिएर स्थानीयस्तरमा खटाउनुपर्छ । किनभने, प्राथमिक वा आधारभूत तहको विद्यालयमा पढाउने शिक्षकहरूभन्दा बढी ज्ञान वा सीप सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदिको अगुवाहरूमा रहेको हुन्छ ।

नभए आगामी जनगणनामा खटिने जनगणकले सम्बन्धित समुदायले भनेबमोजिम नगरेर÷नलेखेर जताभावी लेखेमा वा आफूखुसी गरेमा त्यस्ता जनगणकहरूलाई जाति हत्या वा कुनै पनि जात वा जातिको ‘म आपूm को हुँ ?’ भन्ने व्यक्ति वा समुदायको आत्मनिर्णयको आधिकार र मानवअधिकारको हनन् विरुद्धको मुद्दा लगाउन सक्ने व्यवस्था गरिनुपर्छ ।

साथै आगामी १२औँ जनगणनामा अलग्गै जात वा जातिका रूपमा आएका जात वा जातिलाई केन्द्रमा बसेर विभिन्न राजनीतिक दल र शक्ति केन्द्रमा धाउँदै कुनै पनि जात वा जाति अलग्गै जात वा जाति नभएर फलानो नै हो भनी हर्कत गर्नेहरूलाई पनि जाति हत्या वा कुनै पनि जात वा जातिको ‘म आपूm को हुँ ?’ भन्ने व्यक्ति वा समुदायको आत्मनिर्णयको आधिकार र मानवअधिकारको हनन्विरुद्धको मुद्दा लगाउन सक्ने व्यवस्था गरिनुपर्छ ।

अरू मान्छेहरूलाई सुन्दा अचम्म लाग्ला, तर, ०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक नआउँदै राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ताहरूको छटपटाहट सुरु भइसकेको थियो । कतिसम्म भने, एक जाति राई, २८ भाषी राई भनी कथित् राई जातिको नाममा ढलीमली गर्दै आएका एक राई भाषाशास्त्री वा भनौँ भाषाविज्ञानका डाक्टरलाई त ३ दिनसम्म निन्द्रा लागेन रे भनी अर्का भाषाशास्त्रीलाई सुनाएछन् । पछि ती भाषाशास्त्रीले यो पंक्तिकारलाई यसबारे भनेका थिए ।

त्यसैले उनीहरूले सकेसम्म सबै कुरा बिर्सेर सामान्य शिष्टाचार, मान–मर्यादा, नैतिकतालगायत केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक, निर्देशक (जनसंख्या निर्देशक) लगायतलाई राईमै राख्नुपर्ने, नत्र भने केतविको अपहरण गर्ने, केतविको भवन नै उडाउने÷जलाउने धम्कीसम्म दिएपछि किराँत महासंघका तत्कालीन अध्यक्षलगायत ‘कि पर्सन’हरूले उहाँहरूको जिउ–धनको ग्यारेन्टी नै बस्नुपरेको थियो ।

यस विषयमा यो पंक्तिकारको कुरामा विश्वास नलागे त्यो वेला (०६८) को जनगणनामा केन्दीय तथ्यांक विभाग (केतवि) मा महानिर्देशक, निर्देशक, जनसंख्या निर्देशक आदिको जिम्मेवारीमा रहेर काम गरेका महानुभावहरूलाई भेटेर सोध्दा हुन्छ ।

केतविले राई के हो ? कुलुङलगायत अलग्गै जातिका रूपमा आएको १२ वटा किराँतीहरू के हो ? भनी छलफल र बहस गर्न बोलाउँदा राई यायोक्खाका तत्कालीन हर्ताकर्ताहरू आपूmहरू नआएर आप्mना चल्ला राई हरू पठाउँथे । कथित् राई जातिका ती राई आप्mना चल्ला राईहरू पठाउँथे । ती राई चल्लाहरू पनि हत्त न पत्त आप्mनो कुरा अन्टसन्ट राखेर कुलेलम ठोक्न खोज्थे । कतिपटक त यो पंक्तिकारले त्यसरी हत्त न पत्त आप्mनो कुरा अन्टसन्ट राखेर कुलेलम ठोक्न खोज्ने चल्ला राईलाई जबरजस्ती रोकेर (समातेरै ) हाम्रो कुरा पनि सुनेर जानका लागि राखेको अहिलेजस्तो लाग्छ ।

प्रतिक्रिया