कसरी अघि बढाउने विद्यालय सुधार प्रयास ?

विद्यालय सुशासन सुधारका लागि नेपाल सरकारले विभिन्न समयमा योजना एवं नीति पनि लागू गर्दै आएको छ । तर, ती योजना पूर्णरूपमा सफल भने हुन सकेका छैनन् । अहिलेसम्मका प्रायः विद्यालय सुधार योजना सरकारी नीति तथा कार्यक्रमको माध्यमबाट अघि बढाउन खोजिएको देखिन्छ । तर, सरकारी नीति तथा योजना आंशिक पक्ष मात्रै भएकोले यसैको माध्यमबाट मात्रै विद्यालय सुशासनमा चाहेको सुधार गर्न सम्भव छैन 

सार्वजनिक शिक्षा सुधार गर्न लामो समयदेखि सरकारी एवं गैरसरकारी पक्षबाट विभिन्न प्रयास भएका छन् र यसैको लागि प्रशस्तल गानी(आथिक एवं मानवीय) पनि गरिएको छ । यसका बाबजुद सार्वजनिक शिक्षामा अपेक्षाकृत सुधार हुन नसकेको र आवश्यक सुधार गर्नुपर्ने विषय हिजो आज जोडतोडका साथ उठ्ने गरेको पाइन्छ । नेपाल सरकारले अवको दश वर्ष सार्वजनिक शिक्षा सबलीकरणको दशक भनेर घोषणासमेत गरेको छ ।

सार्वजनिक शिक्षा सुधार गर्न विद्यालय सुशासनको महत्वपूर्ण स्थान हुने गर्दछ । विद्यालय सुशासन सुधारका लागि नेपाल सरकारले विभिन्न समयमा योजना एवं नीति पनि लागू गर्दै आएको छ । तर, ती योजना पूर्णरूपमा सफल भने हुन सकेका छैनन् । अहिलेसम्मका प्रायः विद्यालय सुधार योजना सरकारी नीति तथा कार्यक्रमको माध्यमबाट अघि बढाउन खोजिएको देखिन्छ । तर, सरकारी नीति तथा योजना आंशिक पक्ष मात्रै भएकोले यसैको माध्यमबाट मात्रै विद्यालय सुशासनमा चाहेको सुधार गर्न सम्भव छैन ।

वास्तवमा, विद्यालय सुशासन सुधार बहुआयामिक विषय हो । विद्यालय सुशासनअन्तर्गत धेरै पक्षहरू जोडिएर आउने गर्दछ वा अन्य पक्षको पनि महत्वपूर्ण भूमिका रहन सक्छ । विशेषगरी, विद्यालयमा सुशासन कायम गर्न सरोकारवालाको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालय सरोकारवालालाई उनीहरूको भूमिकाबारे सर्तक बनाएर, उनीहरूको चेतना जागृत गराएर र एक अर्कासँग सहकार्य गर्न सघाएर विद्यालयको सुशासनमा सुधार ल्याउन सकिन्छ ।

सिमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग परियोजना (क्त्भ्ः क्ष्क्ष्) युकेएड बालिका शिक्षामा चुनौती (न्भ्ऋ) अन्तर्गतको आर्थिक सहयोगमा मर्सिकोर नेपाल र बेसद्वारा कैलाली जिल्लाका ३० वटा सामुदायिक विद्यालयमा लागू गरिएको छ । परियोजनाअन्तर्गत विभिन्न क्रियाकलापको परिणाम स्वरूप विद्यालय सुशासनमा गुणात्मक सुधार भएको छ ।

यस किसिमको सुधार विद्यालयका सरोकारवालासँग मिलेर सहकार्य गर्दा हुने पाइएको छ । यस्तै, विद्यालयमध्ये कैलारी गाउँपालिका– ९, गदरियामा अवस्थित २०१४ वि.सं.मा स्थापित श्री जनता माध्यमिक विद्यालय पनि एउटा हो । उक्त विद्यालयमा कसरी सकारात्मक परिवर्तन सम्भव भयो र त्यसबाट के सिक्न सकिन्छ भन्ने कुरा यस लेखमा चर्चा गरिएको छ ।

विद्यालयको सुुरुको अवस्था
परियोजना सुरु गर्दा श्री जनता माध्यमिक विद्यालय, गदरिया, कैलाली अत्यन्त अस्तव्यस्त अवस्थामा थियो । ग्रामीण भेगमा अवस्थित उक्त विद्यालयमा व्यवस्थापन समिति (विव्यस)को बैठक बिरलै बस्ने गथ्र्यो । जति प्रयास गरे पनि बैठकको लागि आवश्यक पर्ने सदस्यहरूको संख्या कहिल्यै उपस्थित हुदैन्थ्यो । कहिलेकाहीँ बैठक बसिहाले पनि अध्यक्ष बैठकको विचमै काम प¥यो भनेर उठेर जाने गर्थे । विव्यसका अन्य सदस्यले पनि विद्यालयको निरीक्षण गर्ने र विद्यालयका अन्य क्रियाकलापमा सहभागी हुने बारे खासै ध्यान दिँदैनथे ।

साथै, विद्यालयमा शिक्षकले कुनै पनि नियम एवं अनुशासन पालना गर्दैन थिए । शिक्षक उनीहरूले पढाउने घण्टीको समयमा मात्र विद्यालय भित्र आउथें र कक्षा सकिएपछि फेरी विद्यालय बाहिर जान्थे । विद्यार्थी पनि आफ्नो कक्षा छोडेर विद्यालयको समयमा बाहिर निस्कने गर्थे, बजारतिर भौँतारिन्थे र अन्तमा घर फर्कन्थे । विद्यालय प्रशासन नियम पालना गर्न र गराउनपूर्ण रूपमा असमर्थ थियो ।

यसैगरी, विद्यालयमा आधारभूत सुविधा पनि उपलब्ध थिएन । जस्तो, पिउने पानीको व्यवस्था नहुनु, शौचालय फोहोर र पानीको अभाव हुनु, विद्यालयको वातावरण एवं कक्षाकोठा फोहोर हुनु, डेस्क र बेन्च अवव्यवस्थित हुनु आदि । यस अर्थमा, विद्यालयको नेतृत्व, प्रशासन एवं व्यवस्थापकीय प्रवन्ध प्रभावकारी हुन नसक्दा विद्यालय दिन प्रतिदिन दुर्गति उन्मुख थियो ।

सञ्चालित क्रियाकलाप
यस अवस्थामा विद्यालयमा क्त्भ्ः क्ष्क्ष् परियोजना सन् २०१७मा लागू भयो र परियोजनाले विद्यालयमा विभिन्न क्रियाकलाप सञ्चालन ग¥यो । आफ्नो भूमिकाभन्दा माथि उठेर परियोजनाका कर्मचारी राजाराम चौधरी विद्यालयका सरोकारवालासँग सुमधुर सम्बन्ध विकास गर्न अग्रसर भए । चौधरी सरोकारवालालाई उनीहरूको घर र काम गर्ने ठाउँमै पुगेर भेट्न थाले ।

उनीहरूसँगै मर्दापर्दा, बिहेवारीको समयमा पनि सँगै साथ दिने काम गरे र अनौपचारिक सम्बन्ध थप बलियो बनाउँदै गए । यस क्रममा सरोकारवालाका भूमिकाबारे सचेतना पैmलाउने काम पनि सँगसँगै गरियो र उनीहरूलाई विद्यालयको प्रभावकारी सञ्चालन र सुधारको लागि के गर्न सक्छन् भन्ने बारे बताइयो ।

परियोजनाले विद्यालयको विद्यमान अवस्थामा सुधार गर्न गुणस्तरीय शिक्षाको लागि व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, बाल सुरक्षा, आदि सम्बन्धी तालिम विव्यस, शिक्षक एवं अभिभावकलाई विद्यालयभित्र सञ्चालन गरियो । यी तालिमहरूले विद्यालयको वर्तमान अवस्था विश्लेषण गरी आगामी दिनमा गर्नुपर्ने सुधारका कार्य योजना बनाई सरोकारवालाहरूलाई उत्तरदायी बनाउन सघाउ पु¥याएको थियो । साथै, ती कार्ययोजना पूरा भए नभएको निरन्तर मूल्यांकन एवं अनुगमन पनि गरियो । सो पक्रियाको हरेक पाइलामा सरोकारवालालाई संलग्न पनि गर्दै गयो ।

त्यस्तैगरी, विद्यालयको सेवा क्षेत्रमा पनि विभिन्न क्रियाकाप सञ्चालन गरी सम्बन्धित पक्षलाई जागरूक बनाउने काम भएको थियो । यसअन्तर्गत गुणस्तरीय शिक्षाका लागि अभिभावक, पारिवारिक संवाद, आत्मसुरक्षा, सडक नाटक आदि सञ्चालन गरियो । यी क्रियाकलापहरूको उद्देश्य बालबालिकाहरूको शिक्षामा सम्बन्धित पक्षले खेल्नुपर्ने भूमिकाबारे सचेतना फैलाउनु र साझा धारणा निर्माण गर्नु थिए ।

यसरी परियोजनाका विभिन्न क्रियाकलापले विद्यालयको वातावरण सुधार गर्न सरोकारवालाहरूको सोचाइमा एक रूपता ल्याउन, सकारात्मक वातावरण निर्माण गर्न र सहकार्य गर्न सघाउन पु¥यायो । यसरी, विस्तारै तर निरन्तर रूपमा, विद्यालयको वातावरण क्रमिक रूपमा सुधाउन आउन थाल्यो । समग्रमा, यी सबै प्रयासको फलस्वरूप विद्यालय एकपछि अर्को गर्दै सफलताको बाटोतर्पm उन्मुख हुँदै गयो ।

परिणाम
विगत दुई वर्षमा विद्यालयको सुशासनमा उल्लेख्य सुधार भएको छ । विशेषतः विद्यार्थी र शिक्षक अनुशासनको पालना गर्दछन् । जस्तो, उनीहरू समयमै विद्यालयमा उपस्थित हुन्छन् र आफ्नो समय पूर्ण रूपमा विद्यालयभित्रै बिताउँछन् । शिक्षक र विद्यार्थीको हाजिरी बिहानको प्रार्थना सभामै लिइन्छ । यी केही प्रतिनिधि उदाहरण हुन् ।

हिजोआज विद्यालयमा आवश्यक विषयमा छलफल गरी निर्णय लिन आवश्यकताअनुसार विव्यसको नियमित बैठक बस्ने गर्दछ । साथै, विव्यस एवं शिअसंका अध्यक्ष एवं अन्य पदाधिकारीहरू नियमित रूपमा विद्यालयको अनुगमन गर्दछन् र विद्यालयलाई आवश्यक सल्लाह एवं सुझाब दिने गर्दछन् । समग्रमा, विव्यस एवं शिअसंको विद्यालयमा सहभागिता बढेको छ र विद्यालयको सिकाई वातावरण अझ सुदृढ हुँदै गएको छ । यसरी विद्यार्थीको गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने संवैधानिक अधिकार पूरा गर्ने दिशातर्फ विद्यालय अग्रसर भएको छ ।

विद्यालयमा शिक्षकले नयाँ शिक्षण विधि अवलम्बन गरेका छन् । यसले गर्दा सिकाइ उपलब्धिमा पनि सुधार आएको छ । परियोजनाले विभिन्न विषय शिक्षकलाई तालिम प्रदान गरी विद्यार्थी केन्द्रित शिक्षण विधिबारे अद्यावधि गरिरहेको छ । हिजो आज, विद्यालयमा शिक्षण सिकाइ एवं अन्य समसामयिक विषयसम्बन्धी छलफल गर्न शिक्षकहरूको मासिक बैठक पनि बस्ने गरेको छ ।

हालका प्रधानाध्यापक बिदाको दिनमा पनि विद्यालय आएर आवश्यक काम र रेखदेख गर्छन् । विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनमा पनि सुधार भएको छ । उदाहरणको लागि, पानीको ट्यांकी राम्ररी व्यवस्थित गरिएको छ, शौचालयमा पानीको व्यवस्था पनि गरिएको छ, कक्षा कोठाको फर्निचर पनि राम्ररी व्यवस्थित गरिएको छ । सिकाई केन्द्र, कम्प्युटर एवं विज्ञान प्रयोगशाला पनि स्थापना एवं सञ्चालनमा ल्याइएका छन् । र, विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित देखिन्छन् ।

सिकाइ
यस परियोजनाको सिकाइको रूपमा कुनै पनि क्रियाकलाप निरन्तर र बहुपक्षीय सरोकारवालाहरूलाई संलग्न गरी सञ्चालन गरेको खण्डमा चाहेको परिवर्तन गर्न सकिन्छ । विद्यालय केन्द्रित गर्दै धेरै किसिमका क्रियाकलाप एवं तालिम क्रमिक रूपमा सञ्चालन गरेर विद्यालयको व्यवस्थापन पक्षमा गुणात्मक सुधार गर्न सकिन्छ । विद्यालयका सरोकारवालाको सोचाइ एवं धारणामा परिवर्तन गर्न निरन्तर प्रयास आवश्यक हुन्छ । यसका लागि परियोजना कर्मचारीको समर्पण पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया