दश खर्बको होटल उद्योग र पर्यटनको अपेक्षा

त्यसो त लगभग एक वर्षअघि आएको समाचारअनुसार नेपालको होटल उद्योगमा लगभग १० खर्ब रूपैंया लगानी भैसकेको अवस्था छ । त्यो आधारमा हेर्दा हालसम्म १३ खर्बभन्दा बढी नै नेपालको होटल उद्योगमा लगानी भइसकेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । हुन पनि कैलाली जिल्लाको धनगढीलगायत विभिन्न स्थान पर्यटकीय संभावना भएको स्थानमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी केही महिनाअघि एक अनलाइन न्युज पोर्टलमा समाचार आएको थियो ।

त्यसैगरी, सन् २०१८ मा तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (हाल पनि) ले मुस्ताङ जिल्लामा रहेको वैदिक सनातनीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ धामको भ्रमण गरेपछि मुक्तिनाथको भ्रमण गर्ने भारतीय पर्यटकहरू (विशेषतः हिन्दू धर्मावलम्बीहरू)को घुइँचो लाग्न थालेको छ । यसरी भारतीयलगायत अन्य देशका हिन्दू धर्मावलम्बी÷तीर्थयात्री वा भनाँैँ पर्यटकहरूको चाप बढ्न थालेपछि हाल मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा समेत नयाँ होटलहरू खुल्ने क्रम बढेको छ । विसं २०७६ साउन अन्त्यमा एक अनलाइनमा छापिएको समाचारमा उल्लेख भएको तथ्यांकअनुसार सन् २०१५ मा मुक्तिनाथ र त्यस वरिपरि १५ वटा पर्यटकस्तरीय होटल थिए भने हाल पर्यटकस्तरीय होटलको संख्या बढेर २२÷२३ वटा पुगेको छ ।

हुन पनि सन् १९९३÷९४ तिर यो पंक्तिकार भरियाको रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथमा दुईवटा मात्रै होटल देखेको थियो । त्यसो त थोराङपास मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा त्यो बेला होटल वा लज उपलब्ध नभएकैले क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । त्यो वेला मुक्तिनाथ दर्शन गर्न आउने भारतीय र आन्तरिक तीर्थयात्रीहरू पाटी, पौवा वा भनौँ धर्मशालामा वास बस्थे भने, युरोप, अमेरिकालगायत विकसित देशका पदयात्रीहरू क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे ।

राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामध्ये व्यवस्थापिका (प्रतिनिधिसभा) का सभामुखको पद रिक्त भएको तीन महिना पुगेको छ । यति लामो समयसम्म पनि सभामुखको पदपूर्ति हुन नसक्नु संसदीय व्यवस्थाका लागि शोभनीय विषय होइन । अधिवेशन त केवल वर्र्षमा दुईपटक मात्र बस्छ, तर अधिवेशन नचलेको अवस्थामा भन्दा अन्य अवस्थामा सभामुखको सक्रियता र आवश्यकता बढी पर्दछ 

यसरी हेर्दा गत वर्षको तथ्यांकअनुसार मात्रै पनि नेपालको वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचको एक वर्षमा केही नभए तापनि १०÷१२ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी, हाम्रो देश नेपालमा होटल उद्योगले अपेक्षितभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटल उद्योगले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ । त्यसमाथि ‘होस्टेल’ र ‘होम स्टे’ ठूला व भनौँ तारे होटलहरूका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडांैजस्तो सुविधासम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन भन्ने ठूला व भनौँ तारे होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? यसतर्पm सरकारको मातहतमा रहेको निकायले सोच्नुपर्ने देखिन्छ ।

अहिले नेपालमा १४ वटा त पाँचतारे होटल मात्रै सञ्चालनमा आएका छन् । त्यस्तै, चारतारे होटलको संख्या ८ वटा रहेको छ भने, तीनतारे होटलको संख्या ३७ वटा रहेको छ । उता दुईतारे होटलको संख्या पनि ४३ वटा रहेको छ । उता एकतारे होटलको संख्या ३३ वटा रहेको छ भने, पर्यटकस्तरीय होटलको संख्या ५ सय ७ वटा रहेको छ । यो होमस्टे र होस्टल बाहेकको संख्या हो । होटल सञ्चालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू तीन–चारवटा ठूला तारे होटलहरू बन्दै छन् । हुन त यसरी पाँचतारे होटल बढ्ने क्रममा छ भने, एकताका दक्षिण एसियाकै उत्कृष्ट होटल भनी चर्चामा आएको फुलबारी रिसोर्ट अभैm बन्द अवस्थामा छ ।

विसं २०७२ को भू–कम्पपछि बन्द रहेको एभरेस्ट होटल भने हालसालै फेरि खुलेको छ । यसरी विभिन्न कारणले बन्द भएका होटलहरूको कुरो गर्दा होटेल शेर्पा, होटल काठमाडांै, ब्लु स्टार होटल, नारायणी होटल, क्रिस्टललगायत धेरै होटलहरू विगतमा बन्द भएका भए÷बन्द भएका थिए । तापनि, त्यसरी बन्द भएका होटलमध्ये दक्षिण एसियाकै उत्कृष्ट होटल भनी चर्चामा आएको फुलबारी रिसोर्ट फेरि खुल्ने भनी कहिलेकाहीँ समाचार आउने गरेको छ । तापनि हालसम्म आधिकारिक रूपमा फुलबारी रिसोर्ट फेरि खुले–नखुलेको समाचार आएको छैन । आशा गरौँ, होटल एभरेस्ट खुलेसँगै फुलबारी रिसोर्ट पनि छिट्टै खुल्नेछ ।

नेपाल भ्रमण वर्ष सुरु हुन अब दुई साता पनि बाँकी छैन । सरकारले तयारी कम गरे पनि लक्ष्य भने महत्वाकांक्षी राखेको छ । २० लाख पर्यटकको लक्ष्यलाई भेट्न दैनिक ६ हजार पर्यटक नेपाल भित्र्याउनुपर्नेछ।

आर्थिक वर्ष ०७५–७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक वर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ । सरकारले भ्रमण वर्षलाई सफल बनाउन बाह्रैमास पर्यटक ल्याउने गरी योजना बनाउनुपर्छ । यस्तै, २४सै घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नै पर्ने र अन्य पर्यटन पूर्वाधारमा ध्यान दिन आवश्यक छ । विगतमा नेपालमा पर्वतीय गन्तव्य र साहसिक गतिविधिका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ ।

भ्रमण वर्ष सुरु हुन डेढ साता मात्रै बाँकी रहँदा सरकारको तयारी खासै उत्साहप्रद छैन । २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भए पनि कुन देशबाट कति पर्यटक आउँछन् भन्ने यकिन अनुमान समेत सरकारसँग छैन् । छिमेकी र अन्य मुलुकबाट कति पर्यटकको लक्ष्य राखिएको हो सरकारले खुलाइदिए आवश्यक तयारी गर्न पर्यटन व्यवसायीलाई सहज हुन्थ्यो । नेपालको हितमा हुने ठूला कार्यक्रमहरू सरकारकै कारण ओझेलमा पर्ने मुलुकका लागि कुनै नयाँ र नौलो विषय भने होइन् । पर्यटन पूर्वाधारमा निकै कमजोर मानिएको नेपालको पर्यटन क्षेत्र सम्भावना भएर पनि सरकारको आँखाबाट टाढा छ । १२ लाख पर्यटक भित्र्याउन मुस्किल परेको नेपाललाई २० लाख पर्यटक ल्याउन पूर्वाधार नै बाधक बन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया