एनआईसी एशिया बैंकले एसटुएम स्वीच प्रयोगमा ल्याउने

काठमाडौं । ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट ईएफटु स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ईकर्मस कारोबार सहज रुपमा गर्न सकिनेछ ।

सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय १० शाखा कार्यालयहरु, ४ सय २ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया