अर्गानिक कृर्षि नमुना टोल बन्दै ,सुन्दरटोल

कालिकोट । शुभकालिका वडा नं ४ सुन्धर टोललाइ एकीकृत प्राङगारिक अर्गानिक कृषि नमुना टोलको हिसावमा बिकास गरिने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि माननिय प्रदेशसभा सदस्य कुर्मराज शाहिले यस्तो भनेका हुन । आय आर्जनमा बृदि ल्याउने , जीवन स्तर सुधार गर्ने उदेश्यले सुन्दरटोललाई नमुना टोलको रूपमा बृदि गर्ने प्रदेश सभा सदस्य कुर्मराज शाहीले बताए ।

कर्णाली प्रदेश सरकारको सहयोग र जिल्ला कृषि बिकास कार्यालयको कालिकोटको प्राबिधिक सहयोगमा कार्यक्रम संचालन गर्न लागिएको हो । शुभकालिका गाउपालिका अध्यक्ष खडानन्द चौलागाईले पालिका स्तरका टोलहरूलाई नै कुनै न कुनै क्षेत्रमा नमुना बनाउने र पालिकालाई आर्थिक तथा सामाजिक रूपमा सभ्य र सफल बनाउने अध्यक्ष चौलागाईले बताए ।

कृषि,बनका क्षेत्रमा शुभकालिका गाउपालिकालाई नै अग्रसर बनाउन सरोकारवाला, नागरिक समाज,स्थानिय बासि एकजुट हुन महत्वपुर्ण पक्ष रहेको नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले बताए । सुन्दर टोल नै नमुना क्षेत्र घोषणा हुने हुदा टोलका सबै हर्षित देखिएका छन् ।

प्रतिक्रिया