अपांगले पाए स्थानीयतहमै परिचय पत्र

कालिकोट । ‘मेरा दुबै आँखा अन्धा छन् । सानै छँदादेखि आँखाको समस्या थियो । दुई हातले छामछुम गर्दै शिविरसम्म धौधौ आएँ,’ शुभकालिका गाउँपालिका–३ कि भाना तिरूवाले बताइन् । उनले भनिन्, ‘पहिला सदरमुकाम मान्म जानुपथ्र्यो, सकीनसकी आफन्तले पिठिउँमा बोकेर महिला तथा बालबालिका कार्यालयमा पु¥याउँथे । दुई÷तीन दिन लगाएर काम सकिन्थ्यो । तर, स्थानीय सरकार आएदेखि वडावडामा शिविरको आयोजना गर्दा धेरै सहज भएको र समयको वचत तथा कम खर्चमा परिचय पत्र पाउने भएपछि आपूm धेरै हर्षित भएको तिरूवाले सुनाइन् ।

भाना मात्र हैनन् शुभकालिका–२ का मसनराम जैसी पनि दुबै आँखा गुमाएर जन्मजात नै अन्धो छन् । उनलाई पनि पहिला परिचयपत्र लिन धेरै कष्ट हुन्थ्यो । तर, अहिले पालिकाले स्थानीयतहमा नै परिचय पत्र वितरण गर्ने भनेपछि खुसीको सीमा नै छैन् । उनले भने, ‘पहिला धेरै खर्चिलो गरी परिचय पत्र ल्याउनु पथ्र्याे तर अहिले आफ्नै टोलटोलमा सेवा पाउँदा स्थानीयतहलाई धन्यवादसमेत दिएँ’ । ६० वर्षकी भाना र ५८ वर्षीय मनिराम मात्रै होइन शुभकालिका गाउँपालिका–१, २ र ३ का करिब १ सय ६० भन्दा बढी विभिन्न किसिमका अपांगहरूले सेवा लिएका छन् ।

शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्फाकुमारी शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा–३ का वडाध्यक्ष धनराज शाहीको अध्यक्षता तथा शुभकालिका गाउँपालिकाका स्वास्थ्य संयोजक एैनबहादुर शाहीको विशेष आतिथ्यता रहेको थियो । परिचयपत्र वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष पम्फाकुमारी शाहीले कसैलाई पिर, मर्का नपर्ने गरी समस्याको पहिचान गरेर मात्र अपांगता परिचयपत्र वितरण गर्ने बताइन् । साथै शाहीले यो शिविर पालिकास्तरका सबै स्वास्थ्य संस्थामा सञ्चालन गरेर नागरिकलाई सहज रूपमा सेवा दिने पनि बताइन् ।

वडाध्यक्ष धनराज शाहीले यस वडाका हरेक नागरिकलाई अब घरघरमा गएर सेवा दिने वातावरण सिर्जना गर्न आपूm लागिपर्ने बताए । परिचयपत्र वितरण छानबिनमा निष्पक्ष गर्न सबैलाई आग्रहसमेत गरे । यस्तै वडा–२ का अध्यक्ष मनराज शाहीले यो शिविर पहिलो वर्ष नै सञ्चालन गर्ने भनेका थियौँ । तर, भौगोलिक विकटताका कारण ढिला भएको भन्दै अब कुनै पनि कार्य गर्न र नागरिकलाई सहज वातावरण बनाउन लागि पर्ने बताए । परिचयपत्र वितरण कार्यक्रममा डाक्टर जीतेन्द्र महत्व, वडासदस्य टीकाराम धिताल ३ वडामा नागरिक सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया