पाँच दिने मनोसामाजिक विमर्श प्रशिक्षण सम्पन्न

पाँचथर । जिल्ला सदरमुकाम फिदिममा सञ्चालित पाँचदिने मनोसाजिक विर्मश तालिम शुक्रबार सम्पन्न भएको छ । पाँचथरको जिससहलमा सोमबार देखि पाँच दिने मनोसामाजिक विमर्श सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरीएको थियो । जिसस र नगरको संयुक्त आयोजनामा पालिका स्तरीय २३ जना सहभागी थिए ।

पाँचथरमा पछिल्लो समय जिल्लामा भइरहेका आपराधिक कृयाकलापलाई मध्यनजर गर्दै त्यस्ता क्रृयाकलापलाई न्यूनिकरण गर्ने उदेश्यको तालिम संचालन गरीएको हो । तालिमको आयोजना गरीएको आयोक, सम्मोनय अधिकारी तथा फिदिम नगर प्रमुख प्रसासकिय अधिकृत बिनोदकुमार दाहालले जनाए ।

जिल्ला समन्वय समिति पाँचथर र फिदिम नगरपालिकाको संयुक्त आयोजनाको तालिमले गाँउ समाज सम्मोनत बनाउने र अपराध रहित सुरक्षति समाज बनाउने तथा बाहिर आएका घटना भन्दापनि नआएका घटना हरुमा मनो बिर्मसबाट न्युनिकरण गर्ने लक्ष लिएको जिसस प्रमुख विष्णुप्रसाद सापकोटाले बताए ।

सापकोटाले, सामाज रुपान्तरण्का लागि पालिकास्तरीय योजना सामाजिक रुपमालैजाने गुरुयोजना बनाउने समेत प्रष्टयाए । तालिम समापनमा जिल्लामा हुने अपराधिक क्रृयाकलापको तथ्याङ्क बढेकाले न्युन गर्न काउन्सिलर उत्पादन गर्नु परेको सिडिओ मुरारी वस्तीले जनाए । उनले भने, ‘महिनामा सरदर चार जनाले आत्मा हत्या गरेको तथ्याङ्क रहेको, अबका दिनहरुमा वडा र टोल सम्म तालिम दिएभने सचेतनाले अपराध बाट बचाउन सकिन्छ ।’ अपराधीक मनोभावना बाट अपराध हुने खालका घटनालाइ विमर्शले उपचार गर्न सकिने भएको जनशक्ती उत्पादन गरीएको उनले बताए ।

वस्तीले जिल्लाका ६० वटा वडाहरुमा सबैतिर कार्यक्रम गर्न र डायरी मेन्टन गर्न समेत अनुरोध समेत गरे । प्रशिक्षार्थिले कार्यक्रम गरे नगरेको त्यसको प्रभाव समेत अनुगमन गरी मुल्याकन गरिने छ । हत्याले पाँचथरमा झन् भयाभह स्थिति पैदा गरेको भन्दै वस्तीले चिन्ता ब्यक्त गरे ।
जिल्लाका आठ वटै स्थानिय तहबाट दुई–दुई जना सहभागहिरुमाझ जिसस प्रमुख सापकोटाले समाज सुधारकालागी र खुसिसमाज बनाउन दाइत्वरहेको जनाए । साप्कोटाकालेबोदै उक्त तालिम लिएका प्रशिक्षकहरुले आ–आफ्नो स्थानिय तहमा गएर यस सम्बन्धि कार्य गर्न उनले र्निदेशन दिए ।

सहभागी बिच मनोसामाजिक विमर्श सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम र त्यस पछिको कृयाकलापले सब्य समाज निर्माण गर्ने उदेश्य रहेको सापकोटाको भनाई छ । तालिममा सिएसी नेपालका अर्चना पोखरेल र राजेश कुमार झा ले सहजीकरण गेका थिए । समापनमा नगर प्रमुख ओनाहाङ नेम्वाङ, सहभागी फिदिम वडा दुईका अध्यक्ष सुकपाल तुम्वापो, सारदा थापा, प्रशिक्षक राजेश कुमार झाले बिचार राखेका थिए ।

नगर प्रमुख प्रसाशकीय अधिकृत बिनोदकुमार दाहलले नगर पालिकाले सचेनाका कार्यक्रम संचालन तत्कालै सुरु गरीने मिति समेत तय गएिरको जानकरी दिए । दाहालले तालिम सहभागीहरुलाइ जानकारी गराउदै प्रमाणपत्र बितरण गाएका थिए । तालिमका सहभागीहरुलाइ सिडिओ मुरारी वस्ती, नगर प्रमुख ओनाहाङ नेम्वाङ, जिसस प्रमुख विष्णु प्रसाद साप्कोटाबाट प्रमाणपत्र ग्रहरण गरेका थिए । सोमबार संघीय सांसद बसन्तकुमार नेम्वाङे कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया