प्रवास

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

सौर्य अनलाइन २०७६ असोज ३० गते १६:५५ मा प्रकाशित

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत थिए ।

राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा रहनेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय