ओली सरकारको महत्वपूर्ण उपलब्धि

नेपाली राजनीतिमा चर्का राष्ट्रवादका कुरा गर्ने सामन्यतया ‘र’ सँग जोडिएका छन् तर यसलाई नेपाली जनताले बुझेका छैनन् र कहिलेकाहीँ सस्ता कुरा गर्नेको पछि लाग्ने गरेको पाइन्छ । खासगरी यो कुरा नेपाली कांग्रेसको राजनीति माहोलमा देखिन्छ । खासगरी भाषण गर्ने तालिमले नेताको पहिचान हुन्न 

यतिवेला भारत र चीन आर्थिक महाशक्ति राष्ट्र बन्ने क्रममा अगाडि बढिरहेका छन् । यसकारण यी दुबै देश सँगको मित्रता नेपालका लागि महत्वपूर्ण हुन्छ । नेपालमा चिनियाँ राष्ट्रपति सि को भ्रमणले महत्व राखेको हो । यो भ्रमणले नेपाली जनतामा मित्र देशको भरोसा राख्छ । यतिवेला नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था ‘र’ को दरो पहुच छ । नेपाली राजनीतिमा चर्का राष्ट्रवादका कुरा गर्ने सामन्यतया ‘र’ सँग जोडिएका छन् तर यसलाई नेपाली जनताले बुझेका छैनन् र कहिलेकाहीँ सस्ता कुरा गर्नेको पछि लाग्ने गरेको पाइन्छ । खासगरी यो कुरा नेपाली कांग्रेसको राजनीति माहोलमा देखिन्छ ।

खासगरी भाषण गर्ने तालिमले नेताको पहिचान हुन्न । दुई महिना अगाडि के बोल्यो र दुई महिना पछि के बोल्दै छ त्यतातिर ध्यान पुर्याउनुपर्छ । हामीले भारत र चीनसँगको सम्बन्ध बलियो बनाउनैपर्छ । हाम्रा केही राजनीतिक प्राणीहरुबाट थाहा छैन कसलाई खुसी पार्न हो, चीनका विषयमा हैसियतभन्दा बाहिर गएर टिप्पणी गरेको पनि पाइयो र केही आसेपासे वहाँ ! क्या बात ! भनेर प्रसंगमा गरेको पनि पाइयो । आजभन्दा तेईस वर्ष अगाडि शेरबहादुर देउवा प्रधानमन्त्री हुदा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको थियो । त्यो नेपाल र चीन बीचको मित्रताको असल उपलब्धि थियो । यद्यपि, आजको अवस्थामा चीन थिएन । आज चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पनि ओली सरकारको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ, विरोधका लागि विरोध होइन ।

यदि नेपालले विदेश पलायन हुने जनशक्ति रोक्ने हो भने तत्काल पचास लाख जनताका लागि रोजगार सिर्जना गर्नुपर्ने हुन्छ । यो कुरा मित्रवत ढंगबाट भारत र चीनसँग सम्बन्ध बनाएर रोजगार सिर्जना गर्ने कुरा अगाडि बढाउन जरुरी छ । एउटा विद्यार्थी बाहिरिँदा कम्तीमा पचास लाख रकम बाहिन्छ । खै , यस्ता कुरामा ध्यान गएको ? केपीले दसैको अवसर पारेर आफ्नो सम्पति राज्यका नाममा दिन्छु भन्ने कुराको सर्वत्र चर्चा छ । राज्यको ढुकुटी आफ्नो मृगौला बनाउदैमा स्वाह पारे, अब उनिसँग के छ र राज्यलाई दिन्छन् ।

यस्ता कुराको प्रसंग गर्ने पनि हामी नै हौ । बरु छोटो समय सरकार प्रमुख हुदा मनमोहन अधिकारीले वृद्धाभत्ता सुरु गरेकोले आज केही हदसम्म वृद्धवृद्धाले राहत महसुस गरेका छन् । नेपालले जहिलेसुकै अरूको अगाडि हात पसारेकै छ, भारत चीनसँग कुरा लुकाउन जरुरी छैन र नेपालको वर्तमान आर्थिक अबस्था प्रति यी देशको चासो बढ्नुपर्छ । किनभने भारत चीन जस्ता समृद्ध देशका बीच एउटा आर्थिकरूपमा विपन्न देश नेपाल छ भन्दा यिनीहरुको पनि अन्तर्राष्ट्रिय क्षेत्रमा छवि राम्रो बन्ने छैन ।

नेपालका एउटा डाक्टरको वुद्धिले नेपाललाई आर्थिक समृद्धिको कुरा त गर्दै नगरौ नेपाली कांग्रेसको समाजवाद पनि धरापमा प¥यो । उनले भने– ‘रेल ल्याउने रकमले नेपाल भरी कालोपत्रे गर्न पुग्छ ।’ कालोपत्रेमा कसका गाडी कुदाउने हो ? भारत र चीनको नेपालमा जोडिने रेलमार्ग बन्नै पर्छ । यसका लागि भारत र चीनले सहुलियत प्रदान गर्नुपर्ने हुन्छ । किनकि, नेपालको आर्थिक अबस्था यिनलाई थाहा छ । नेपाल भारत र चीनको बजारको अर्थ लगाउँछ भने जम्मा पौने तीन करोड जनता त्यसैमा पनि झण्डै एक करोड विदेश पलायन छन्, यो अर्थ पनि फजुल हो । सि को भारत र नेपालको भ्रमणसँगै भएकोले अझ बडी अर्थपूर्ण छ । नेपाली राजनीतिमा देखिँदै आएको विचारको अस्थिरतामा अवस्य भारत र चीन बीच छलफल भएको अनुमान गर्न सकिन्छ ।

चीनको हबे युनिभर्सिटी आफ इकोनोमिक्स एन्ड बिजनेसका सह–प्राध्यापक सुविनले काठमाडौंमा आयोजित ‘वन बेल्ट वन रोड’ सम्मेलन २०१७ मा भनिएका कुरा मलाई सम्झना छ । उनले नेपालले आफ्नो अर्थतन्त्रलाई ओबिओआरसँग जोडिएर फाइदा लिन सक्छ भन्दै रेल र सडक मार्गसहितको कार्गो सेवाको सुरुवात सान्जाओ र ग्वान्जाओबाट सुरु गरिसकेको बताएका थिए । साथै बेइजिङ–ल्हासा बीचमा पर्ने सिजाजुङ सहरबाट रेल–रोड कार्गो सुरु गर्ने पहल गरिसकिएको बताएका थिए । अर्का चर्को भाषण गर्ने एउटा महानायक हुनुहुन्छ । उहाँले कसका लागि बोल्नुहुन्छ । यो पनि अब विचार पुर्याउनु पर्ने अवस्था रहेको छ । उहाले दशै पछि लगत्तै सडक आन्दोलन गर्ने कुरा मेडिया पढेको थिए ।

सडक आन्दोलन कहिलेदेखि सुरु हुन्छ ? प्रतीक्षा गरौँ ! भाषणमा मात्रै आन्दोलन हो कि यथार्थमा ? दुईतिहाइ बहुमत ल्याएको नेकपाले जोसुकैको नेतृत्वमा सरकार बनाओस् नेपाली कांग्रेसको सरोकारको विषय होइन, विषय हो असल प्रतिपक्षको भुमिका निभाउने । सरकारमा नबस्दा पनि जनतालाई सेवा पु¥याउन सकिन्छ । प्रतिपक्षका रूपमा जनतामा जाने एजेन्डा खै ? नेपाली कांग्रेसले जनचाहनाको एजेन्डा लिएर जनतामा जानु प¥यो, जुन एजेन्डालाई पत्याएर अर्को निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले दुई तिहाइ जनमत दिऊन् ।

नेपाल र चीनको सम्बन्ध भावनात्मक रूपमा पुरानो हो, अझ भन्नुपर्दा नेपाली कांग्रेस र चीनबीचको सम्बन्ध पुरानो र सकारात्मक रूपमा हिजो पनि अगाडि बडेको थियो र आज पनि यथावत् छ, यो कुरा नेपाली कांग्रेसले बिर्सेको छैन र बिर्सिने प्रयत्न पनि गर्दैन । चीनमा माओत्से तुङ र देङसियाओ पिङपछि आधारभूत सिद्धान्त स्थापित गर्ने तेस्रो नेताको रूपमा सी जिन पिङ स्थापित भएका छन् । सीले उक्त विचारधारामा चिनियाँ विशेषतासहितको समाजवादलाई व्यापक फ्रेमवर्कको साथ नयाँ ढंगले वर्णन गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ कंग्रेसले सी जिनपिङको उक्त विचारधारालाई आफ्नो विधानमा समावेश गरी उक्त विचारधारा स्थापित गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीको अबको मार्गदर्शक सिद्धान्त ‘माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा, देङसियाओ फिङ विचारधारा र सी जिन पिङ विचारधारा’ हुनेछ । यतिवेला चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकार त्यही लाइनमा अघि बढिरहेको छ ।

सी जिन पिङको विचारधाराले मुख्यतः समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरिबी उन्मूलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधीनमा रही राज्य सञ्चालन, पार्टी अनुशासनमा कडाइजस्ता कुरामा जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताप्रति बढी उत्तरदायी बनाउँदै जनचाहनामुताविक पार्टी सञ्चालन गरी नेतृत्वलाई हरेक क्षेत्रमा उपस्थित जनाउन उक्त विचारधाराले निर्देशित गरेको पाइन्छ ।

सन् २०१२ मा सी जिन पिङ चीनको राष्ट्रपतिमा छनेट भएपश्चात् उनले अघि सारेको आर्थिक समृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता कार्यक्रम साथै बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) जस्ता महत्वाकांक्षी योजना आदिले गर्दा आज विश्वका शक्तिशाली राष्ट्रको समेत ध्यान चीनतर्फ केन्द्रित भएको छ । यति मात्रै होइन, सीले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको विचारधाराले उनलाई विश्वको राजनीतिमा एक वैचारिक एवं शक्तिशाली राष्ट्र प्रमुखको रूपमा स्थापित गरेको छ । उनको दूरदर्शिता र विचारले विश्वका कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीले सञ्चालन गरेका राष्ट्रहरू आकर्षित हुँदै गएका छन् ।

त्यही मेसोमा हालै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले प्रशिक्षण दिए । आफ्नो देशको शासन व्यवस्था नेपालमा कायम गर्ने अभियानअन्तर्गत यो प्रशिक्षण भएको होइन । कतिपय पक्षहरूले अहिलेको प्रशिक्षण कार्यक्रममा सी विचारको समेत प्रशिक्षण राख्नु वा कतिपय चाइनिज नेताहरूले समेत प्रशिक्षण दिने व्यवस्था गर्नु नेपालको राष्ट्रियताकाविरुद्धको कुरा हो भनेर आलोचना गरेका छन् । तर, यो नेपाली कांग्रेसले गम्भीर रूपमा लिनुपर्ने विषय होइन । कुनै पनि प्रशिक्षण कार्यक्रममा कैयाँै विदेशी सिद्धान्त, दर्शन वा विचारहरूको अध्ययन गर्ने वा प्रशिक्षण दिने काम गरिन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हाम्रो स्वदेशी सिद्धान्त नभएर विदेशी सिद्धान्त हो ।

माक्र्स, एंगेल्स र लेनिनसमेत विदेशी थिए । तर, त्यो कारणले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको महत्व कम हुन्न । संसदीय प्रणाली नै नेपालमा विकसित भएको प्रणाली होइन र त्यो विदेशी हो । तर, त्यो कारणले त्यसको महत्व कम हुँदैन । त्यसकारण नेकपाको प्रशिक्षणमा सीको विचारधारासमेतको प्रशिक्षण दिइएको वा चिनियाँ नेताहरूसमेतले त्यसमा प्रशिक्षण दिएको हुनाले त्यही कारणले त्यसलाई गलत ठह¥याउनु सही हुन्न । निश्चय नै त्यसको अर्थ सी विचारलाई समर्थन गर्नु र त्यसलाई महत्व दिनु होइन र हुन्न ।

कुनै राजनीतिक पार्टी जति बढी संगठित र अनुशासित हुन्छ, त्यसले त्यति नै बढी सफलता प्राप्त गर्न सक्छ । त्यसैले चीनमा भइरहेको तीव्र गतिको विकासका पछाडि पनि त्यहाँको कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका भएको वा त्यसभित्र व्यवस्थित संगठनात्मक प्रणाली वा अनुशासन रहेको कुरालाई बुझ्न सकिन्छ । कुनै पार्टी वा कुनै राज्य, समाज, पार्टी वा संघ—संस्थामा अनुशासनको कडी टुट्यो भने त्यो भताभुंग हुँदै जान्छ । नेकपाका नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टीबाट राज्यप्रति इमान्दार हुनुपर्छ भन्ने कुरा मात्रै सिके भने पनि नेपालका लागि ठूलो उपलब्धि हुनेछ ।

नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली वा अनुशासनको पद्धतिबाट जुन सिक्ने प्रयत्न गरेको छ, त्यो प्रशंसनीय छ । तर, त्यसबाट उनीहरूले आफ्नो संगठनभित्रको अस्तव्यस्ततालाई कतिसम्म सुधार्न सक्नेछन् ? त्यो आउने दिनमा थाहा हुने छ । चीनको कम्युनिस्ट पार्टीभित्रको संगठनात्मक प्रणाली र अनुशासनलाई नेपाली कांग्रेसले पनि अध्ययन गर्नुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ । त्यो प्रशिक्षण नेपाली कांग्रेसका नेताहरूले पनि लिए हुन्छ ।

प्रतिक्रिया