नेपालको राजनीति र रवि तरंग

कानुनभन्दा माथि कोही छैन । कानुनको पालना सबै नागरिकले गर्न सिक्नु पर्छ । जुनसुकै किन नहोस दोषी ठहर भए कानुनबमोजिम कारबाही भोग्नुपर्छ । सडकमा भिड जम्मा भएर टाउको फुटाउने काम गर्नु त्यति राम्रो कुरा होइन । अनुसन्धानबाट यो घटनाको तथ्य सत्य कुरा पत्ता लाग्छ । सबैभन्दा ठूलो कुरा विश्वास हो । न्यायलयको विश्वास गर्नु पर्छ । अदालतले जे फैसला गर्छ त्यो मान्न तयार हुनुपर्छ 

अहिले नेपालको राजनीति र रवि लामिछानेको विषयले तरंग फैलिएको छ । रविको पक्षमा सडकमा नारा जुलुश र हो हल्ला चलिरहेको छ । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनाले देशमा चर्चा पाएको छ । उनको आत्महत्या हो या हत्या भन्ने कुरा अझै निक्र्योल हुन सकेको छैन । अनुसन्धानका लागि भन्दै रवि लामिछानेसहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटनाबारे यतिखेर सामाजिक सञ्जाल र सडकमा जनमत विभक्त देखिएको छ । पत्रकार पुडासैनीको आवाज रहेको भिडियो सार्वजनिक भएपछि रवि लामिछानेसहित तीनजना पक्राउ परेका हुन ।

यो विषयमा सरकार गम्भीरताका साथ लाग्नुपर्ने आवश्यकता देखिएको छ । यो विषय राजनीतिक मुद्दा बन्नु हुदैन । सत्य र तथ्य का आधारमा छानबिन हुनुपर्छ । जुन वेला रवि पक्राउ परे त्यति वेला देखि नै चितवन शान्त छैन । जसले अपराध गरेको हो त्यो कानुनबाट उम्कन पाउँदैन र उम्कन पनि दिनुहुँदैन । अहिले देखिएको यो भिडले राम्रो संकेत देखाएको छैन । मैले सञ्चारकर्मी पक्राउ पर्दा यति ठूलो भिड र जनसागर इतिहासमा देखेको थिइन । अहिले देख्दै छु र सोच्दै छु । आखिर किन रविको पक्षमा यति ठूलो भिड लाग्यो ? प्रश्न गर्ने मन लागेको छ ।

अहिले यो विषय अनुसन्धानको पक्रियामा नै छ । अनुसन्धान निष्पक्ष होस् भन्र्ने हो । यो विषयले देशको राजनीतिलाई नै अप्ठयारोमा लाने हो कि भन्ने चिन्ता छ । त्यसैले यस बारेमा सबै संयमित र धैर्य बन्नुपर्ने आवश्यकता देखिएको छ । यो प्रकरणलाई लिएर केही तत्वहरू आगोमा घिउ थप्ने काममा पनि लागेका छन् । यो राम्रो होइन । कानुनभन्दा माथि कोही छैन । कानुनको पालना सवै नागरिकले गर्न सिक्नुपर्छ । जुनसुकै किन नहोस दोषी ठहर भए कानुनबमोजिम कारबाही भोग्नुपर्छ ।

सडकमा भिड जम्मा भएर टाउको फुटाउने काम गर्नु त्यति राम्रो कुरा होइन । अनुसन्धानबाट यो घटनाको तथ्य सत्य कुरा पत्ता लाग्छ । सबैभन्दा ठूलो कुरा विश्वास हो । न्यायालयको विश्वास गर्नुपर्छ । अदालतले जे फैसला गर्छ त्यो मान्न तयार हुनु पर्छ । रविलाई फसाउने नियतले यो गरिएको हो भने मुलुकमा ठूलो दुर्भाग्य निम्तन सक्ने खतरा पनि आउन सक्छ । यो विषयमा अलि गम्भीर बन्ने कोसिस गराँै । यदि रवि साँच्चै दोषी ठहरिए भने कानुनबमोजिम कारबाही भोग्नुपर्छ ।

सरकारबारे
अहिले मुलुकमा नेकपाको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप जनताले लगाइरहेका छन् । सरकारको आलोचना तीव्र रूपमा बढ्दै गएको छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत सरकारको आलोचना भइरहेको अवस्था छ । सरकारले जनताले सोचेअनुसार काम गर्न सकेन । सरकार बनेको यति लामो समय बितिसक्यो, तर पनि कुनै उपलब्धि हात लाग्न सकेको छैन । मुलुक यही अवस्थामा रहिरहने हो भने जनतामा चरम वितृष्णा आउने पक्का छ । लोकतान्त्रिक व्यवस्था राम्रो व्यवस्था हो । तर राजनीतिक दल र तिनका नेताहरू अनि नेतृत्व बर्गले यो व्यवस्थालाई राम्रोसँग बुझन सकेनन् । यो नै समस्या हो ।

राजनीतिक दलहरूकै कारण गणतन्त्र संकटमा पर्ने हो की भन्ने चिन्ता आमजनतामा छ । राजतन्त्र फर्काउन केही तत्वहरू लागिपरेका छन् । तर त्यो सम्भव छैन । सरकारले सुरुआती दिनमा सपना मात्र बाँड्यो त्योअनुसार काम हुन सकेन । जनतामा निराशा आउनुको मूल कारण यो हो । यो सरकार गठन हुँदा आमजनतामा आशा पलाएको थियो । समय बित्दै जाँदा सरकारका काम कारबाही देखेर जनता निराश हुन बाध्य भएका हुन । अहिले जनता निराश बन्दै गएका छन् । जनतामा निराश आउन दिनु हँुदैन ।

चुनावका वेलामा देशभक्तिपूर्ण नारा बोकेर जनताको घर आगनमा भोट माग्न गएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई जनताले विश्वास गरेका थिए र त्यहिअनुसार बहुमत दिएका हुन् । यो कुरा तत्कालीन एमाले र माओवादी केन्द्रले (हालको नेकपाले सबै कुरा भुल्दै गयो । जसले गर्दा देश संकटमा फस्दै छ । सरकारले काम गर्न सकेन भनेर यति धेरै चर्को विरोध भइरहँदा पनि सरकारले कानमा तेल राखेर बस्नु उचित होइन । जनता सडकमा आएका छन् । सरकारले गर्नुपर्ने कामको फेहरिस्त तयार हुन सकेन । सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गर्न सकेन ।

देशमा भ्रष्टाचार, कुरीति र अन्याय बढेको छ । सरकारमा रहेका मन्त्रीहरूले राम्रो काम गर्न सकेनन् । सिन्डिकेट प्रकरण, सुन काण्ड र मेलमची खानेपानी जस्ता घटनाहरूले जनताको नजरमा सरकार गिरेको अवस्था देखिन्छ । सरकारको नेतृत्व गर्ने पार्टीभित्र सागंठनिक एकताको काम अझै सकिएको छैन । यो सरकार गठन हुँदा देशीविदेशी विरोधि शक्तिहरूलाई निर्दा लाग्न छोडेको थियो । बहुमतको स्थिर सरकार गठनले सबै विरोधिहरूको निर्दा हराम भएको थियो । यो सरकारले अब नयाँ काम गर्छ कि भन्र्ने आमजनताको बुझाइ थियो । तर, गर्न सकेन । यो सरकार गठन भएको १७ महिना बितिसक्यो । यस अवधिमा सरकारले जुन गतिका साथ काम गर्नुपथ्र्यो सोअनुसार गर्न नसकेको यथार्थ हो । विगतका धेरै सरकारले जनताका अपेक्षालाई अवमूल्यन गरे । विकास र समृद्धि गर्न सकेनन् । यदि सरकारले रोजगारीका अवसर सिर्जना गर्ने हो भने सरकारको विरोध हुने थिएन । जनता काममा व्यस्त भए भने विरोध गर्दैनन् ।

बेरोजगारी समस्या
बेरोजगारीका कारण जनतामा निराश र आक्रोश व्याप्त छ । यो विषयमा सरकार गम्भीर बन्नुपर्छ । विगतका धेरै सरकारले देश र जनताको पक्षमा केहि काम गर्न सकेनन् । देशको राजनीति अस्थिर बन्न पुग्दा विगतमा केही काम हुन नसकेको हो । अहिले देशमा स्थिर र बलियो सरकार छ । यो सरकारले गर्न चाहने हो भने देशमा जे पनि हुन सक्छ । काम गर्न नखोज्ने हो भने केही पनि हँुदैन । विगतमा पनि अहिले पनि राजनीतिक दल र तिनका नेताहरू आफ्नै स्वार्थमा लागेका छन् । अव सरकारले विगतका सरकारले जस्तो गल्ति दोहो¥याउँदै जाने हो भने जनतामा सरकारप्रतिको विश्वास घट्ने छ । सरकारका केही कमजोरीलाई लिएर प्रतिगामी शक्तिहरू संघीय शासन प्रणालीलाई नै कमजोर बनाउने खेलमा लागिरहेका छन् । ती प्रतिगामीको सपना पूरा हुन नदिन लोकतान्त्रिक शक्तिहरू सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ ।

सरकारले चालु आर्थिक बर्ष २०७६ ÷ २०७७ का लागी ल्याएको नीति तथा कार्यक्रमलाई इमान्दारीका साथ लागु गर्न सक्ने हो भने धेरै क्षेत्रमा सुधार आउन सक्ने सम्भावना देखिन्छ । अहिले विरोधी पक्षबाट सरकारमाथि प्रहार भइरहेको छ । अहिले सरकारलाई आफनै दलका केही नेता कार्यकर्ताले पनि असहयोग गरिरहेको अवस्था पनि देखिन्छ । प्रतिपक्षी दलले पनि सरकारको विरोध गरिरहेको छ । प्रतिपक्ष दल सरकारको विरोधमा उत्रनु स्वाभाविक नै हो ।

संघीयताको अभ्याससँगै जनता दोहोरो तेहेरो कर तिर्न बाध्य छन् । जसले गर्दा ती जनता सरकारसँग रुष्ट छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक केही दिनअघि दलभित्र जिम्मेवारी बाँडफाँड गरेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत वर्ष जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको हो । खासमा नेकपाभित्र भावनात्मक एकता भइसकेको छैन । जुन कुरा उक्त दलका शीर्ष नेताहरूको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

प्रतिक्रिया