खोजखबर

भूमिसम्बन्धी ८औँ संशोधन विधेयक टेबुल

सौर्य अनलाइन २०७६ भदौ ५ गते १२:५४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभा बैठकमा आज ‘भूमिसम्बन्धी ‘८औँ संशोधन विधेयक, २०७५’ टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गरेका हुन् ।

हैजा नियन्त्रण गर्न माग

राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले हैजाको महामारीबाट पीडित ८३ व्यक्तिको उपचार भइरहे पनि स्वास्थ्य चौकीमा चिकित्सक तथा औषधिको अभावले बिमारीको उपचारमा कठिनाइ हुनाका साथै महामारी फैलिँदै गएकाले हैजा नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले २१ दरबन्दी रहेको जोगबुढा अस्पतालमा तीन मात्र चिकित्सक रहेकाले तत्काल थप चिकित्सकको व्यवस्था गर्न जोड दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय