मैथिली गीत प्रतियोगिता

जनकपुरधाम । लोप हुने अवस्थामा पुगेको मैथिली संस्कारका गीतको संरक्षण र विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको छ । सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित मैथिली संस्कार गीत गायन प्रतियोगितामा सबै उमेर समूहका प्रतिस्पर्धीले भाग लिएका थिए ।

मैथिली संस्कार, संस्कृति तथा गीत संगीतलाई जर्गेन ागर्ने लक्ष्यका साथ गरिएको प्रतियोगितामा पूर्णकला झा प्रथम, प्रियाशा चौधरी द्वितीय र रेखा हाथी तृतीय भए । त्यस्तै, ज्योति झा, सुधा कर्ण, गायत्री झा, गंगा कर्ण, नीरा देवी, नीलम झा र आर्या झाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले पुरस्कृत हुनेलाई पुरस्कार प्रदान गर्दै मैथिली संस्कार गीत समृद्ध बनाउनुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय यस्ता संस्कृतिप्रति उदासिनता बढ्दै गएकाले अस्तित्वमाथि संकट देखिएको बताइन् । उपमहानगरपालिका संस्कार गीतको परम्परालाई जीवन्त राख्न सधैँ सहयोग गर्न तयार रहने बताउँदै उनले बाल र युवालाई यसप्रति आकर्षण गराउनु आवश्यक रहेको भनाइ व्यक्त गरिन् ।

सखी बहिनपा समूहका संस्थापिका आरती झाले विगतमा १६ संस्कार गीत गायन परम्परा रहेको वर्तमानमा जन्मदेखि मृत्यु संस्कारसम्मको संस्कार गीत गायन चलनमा रहको जनाइन् । उनले पछिल्लो समय यसप्रति रुचि घट्दै जानु चिन्ताको विषय भएको बताउँदै भनिन्, ‘संस्कार गीत संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्दछ ।’

उनले समाज समृद्ध बन्न संस्कार तथा संस्कृति विकास हुनपर्ने जिकिर गर्दै नयाँपुस्तामा यसको पुस्तान्तरणका निम्ति सरोकारी संस्थाले पहल लिनुपर्ने बताइन् । समूहका सदस्य पुनम झा मैथिल, सुनीता मिश्र, भारती चौधरी, संगीता झा र सम्झना वर्माले संस्कार गीतको महत्वबारे प्रकाश पार्दै गायनलाई गाउँसम्म पु¥याउनु जरुरी भएको धारणा राखे ।

प्रतिक्रिया