अष्ट्रेलिया कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । कार दुर्घटनामा परी अष्ट्रेलियमा दुई जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । दुर्घटनामा स्याङजाका दुई विद्यार्थीको ज्यान गएको छ ।

शनिबार राति अष्ट्रेलियाको क्यानबेरा नजिकै भएको उक्त घटनामा वालिङ नगरपालिका– १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका– ६ का गोपाल भण्डारीको ज्यान गएको हो। विदाको समयमा अष्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले नै चलाएको कार मोनारोको हाइवे सडकमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया