पोखराको यौन पर्यटन र सुरक्षाको सवाल

यौन सम्पर्कका लागि यौनव्यवसायी महिलाकहाँ जाने अधिकांश पुरुष कण्डम लगाउन मान्दैनन् । कण्डम लगाएर सम्पर्क गर्दा यौन आनन्द नआउने र लगाउन झन्झट हुने भन्दै मागेको भन्दा बढी पैसा तिर्न तयार हुने तर सकभर कण्डम नलगाएरै यौनसम्पर्क राख्न पाए हुन्थ्यो भन्ने पुरुष यौनकर्मीको चाहना हुन्छ । यौनसम्पर्क गर्नुभन्दा पहिले मदिरा आफू र आफ्नो यौनसाथीलाई पनि पिउन लगाएर मात लागेपछि यौनसम्पर्क गर्ने प्रवृत्तिका कारण कण्डमको प्रयोगलाई उनीहरू अवरोधको रूपमा लिने गर्छन् ।

यौनव्यवसायी महिला र पुरुषबीच मुख्य विवादको विषय नै कण्डम लगाउने वा नलगाउनेमा हुने गरेको यो क्षेत्रमा लागेकाहरूको अनुभव छ । तर, पोखराका यौनव्यवसायीको व्यवहार देशका अन्य भागका यौनकर्मीको भन्दा फरक भएको सरोकारवालाको दाबी छ । यहाँका यौनव्यवसायी महिला विनाकण्डम पुरुषसँग यौनसम्पर्क गर्नै मान्दैनन् । यौनव्यवसायी महिलाको अधिकारका क्षेत्रमा विगत लामो समयदेखि पोखरामा कार्यरत पवित्रा गोरेटोकी अध्यक्ष लक्ष्मीरानाभाट भन्छिन, ‘पोखराका यौनव्यवसायी महिलाले असुरक्षित यौनसम्पर्क राख्दैनन् ।

पोखराका यौनव्यवसायीको व्यवहार देशका अन्य भागका यौनकर्मीको भन्दा फरक भएको सरोकारवालाको दाबी छ । यहाँका यौनव्यवसायी महिला विनाकण्डम पुरुषसँग यौनसम्पर्क गर्नै मान्दैनन् । यौनव्यवसायी महिलाको अधिकारका क्षेत्रमा विगत लामो समयदेखि पोखरामा कार्यरत पवित्रा गोरेटोकी अध्यक्ष लक्ष्मीरानाभाट भन्छिन्, ‘पोखराका यौनव्यवसायी महिलाले असुरक्षित यौनसम्पर्क राख्दैनन् । अहिले सुरक्षित यौनसम्पर्क गर्ने मात्र छन् ।’

अहिले सुरक्षित यौनसम्पर्क गर्ने मात्र छन् ।’ यहाँका यौनव्यवसायी सुरक्षित यौनसम्पर्कका विषयमा बढी नै जानकार संवेदनशील भएकाले उनीहरू विनाकण्डम यौन सम्पर्क गर्नै नमान्ने भएकाले पछिल्ला वर्षमा असुरक्षित यौन सम्पर्कका कारण महिलाले भोग्नुपर्ने पिडा कम देखिन थालेको लक्ष्मीको अनुभव छ । पोखरा घुम्न र मनोरञ्जनका लागि पुग्ने पर्यटकहरू आफँै पनि सुरक्षित यौनसम्पर्कका विषयमा जानकार हुने र सम्झाए बुझाएपछि कुरा बुझ्ने भएर पनि यसमा सहयोग मिलेको यौनव्यवसायी महिलाको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी पोखरा अध्यक्ष सुनिता अधिकारीको अनुभव छ । पोखरामा करिब तीन हजार जति यौनव्यवसायी महिला रहेका छन् ।

उनीहरूमध्ये ५० प्रतिशत जति छिमेकी जिल्लाहरू म्याग्दी, बाग्लुड, पर्वत, स्यांड्जा, तनहँुबाट आएका छन् भने ५० प्रतिशत कास्कीकै छन् । त्यसमा पनि ग्रामीण क्षेत्रका बढी छन् । एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अध्ययन ८६ प्रतिशत यौनकर्मी महिलाले यौनसम्पर्कका वेला कण्डम प्रयोग गर्ने गरेका छन् । तर, पोखरामा भने यो प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको यस क्षेत्रमा कार्यरत संस्थाका अधिकारीको दाबी छ । एचआइभी, यौनरोग, सुरक्षित गर्भपतनलगातयतका स्वास्थ्य समस्या न्यूनीकरण गर्ने यसलाई सकारात्मक मान्नुपर्छ । लक्ष्मी भन्छिन्, ‘अपवादबाहेक यहाँका सबै यौनकर्मी सुरक्षित यौनसम्पर्कका विषयमा राम्रो जानकार छन् र व्यवहारमा पनि त्यही गर्छन् । ’

नेपालमा करिब ३० हजार यौनव्यवसायी महिला छन् । उनीहरूका ग्राहकको संख्या त्यसको दोब्बर छ । यौन व्यवसायमा लागेका लागेका महिलामध्ये २३ प्रतिशत २० वर्ष कम उमेरका छन भने ४० प्रतिशत २० देखि २९ वर्षका छन् । बाँकी ३५ प्रतिशत ३० कटेका छन् । यो व्यवसायमा लागेकामध्ये ४० प्रतिशतले मात्र प्रारम्भिक शिक्षा लिएका छन् ।

नेपाल परिवार नियोजन संघ, स्वास्थ्य निर्देशनालय, पिएसआई, आईपास, जागृति महिला महासंघ, गोरेटोजस्ता संस्थाहरूले वेला वेलामा आयोजना गर्ने चेतनामूलक र सेवामूलक कार्यक्रमले पनि यौनव्यवसायी महिलामाझ सुरक्षित यौनसम्र्कका लागि कण्डम उत्तम विकल्प हो भन्ने चेतना विस्तार भएको उनीहरूको दाबी छ । सुरक्षित यौनसम्पर्कका कारण अनिश्चित गर्भाधारण भएर पटकपटक गर्भपतन गराउनुपर्ने बाध्यता एकातिर हटेको छ भने अर्कोतिर एचआइभी संक्रमण हुने चिन्ता पनि घटेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय चिकित्सक डा. भवानी शर्मा भन्छन्, ‘सुरक्षित यौनसम्पर्कले मात्र महिलालाई थुप्रै यौन तथा प्रजननसम्बन्धी समस्याबाट बचाउन सकिन्छ । पछिल्ला वर्ष पोखरामा यसको अभ्यास बढ्दै गइरहेको पाइएको छ । यो सकारात्मक पक्ष हो ।’ नेपाल परिवार नियोजन संघ कास्की शाखाका प्रमुख यमनाथ पौडेल संघले वेलावेला सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यका विषयमा दिइने तालिम र स्वास्थ्य शिविरका कारण पनि पोखराका यौन व्यवसायीमा सुरक्षित यौन सम्बन्धका विषयमा गहिरो जानकारी भएको दाबी गर्छन् । संघले उनीहरूका लागि वेला वेलामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी प्रशिक्षण र आवश्यक पर्ने स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको पौडेल बताउँछन् ।

घुम्न र मनोरञ्जनका लागि पोखरा आउने पर्यटकहरूलाई यौनआन्दन पनि चाहिन्छ । विशेष गरी भारतबाट आउने पर्यटक र नेपालका अन्य भागबाट बिदा मनाउन जाने आन्तरिक पर्यटकहरूको चाहना त्यहाँ गएर यौनआनन्द लिने हुन्छ । पोखरामा देशका अन्य भागमा भन्दा यौनलाई सहज रूपमा लिइने भएकाले पनि यौनकर्मीलाई यो व्यवसाय गर्न अलि सहज छ । राज्यले यौन व्यवसायलाई कानुनी मान्यता दिएका छैन । तर, पोखरामा अघोषित रूपमा यो व्यवसायलाई सञ्चालन गरिरहेका छन् ।

यसमा यहाँका होटेल व्यवसायीको पनि ठूलो सहयोग रहेको छ । यौन व्यवसाय नहुने हो भने पोखरा आउने पर्यटकको संख्या घट्ने र त्यसको प्रत्यक्ष असर आफूहरूको होटेल व्यवसायमा पर्ने कुरा राम्ररी बुझेका यहाँका होटेल व्यवसायीहरूले पनि यौनव्यवसायीलाई कुनै रोकतोक गर्ने गरेका छैनन् । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत पवित्रा थापा भन्छिन्, ‘होटेल सञ्चालकहरूलाई पैसासँग मतलब हुन्छ । अरू को–को आए गएसँग मतलब हुँदैन । त्यसैले यहाँ अलि सहज छ ।’ पोखराका अधिकांश होटेलहरूमा अघोषित रूपमा यौन व्यवसाय चलिरहेको छ । देशका अन्य भागमा प्रहरी प्रशासनले वेला वेलामा छापा हान्ने, होटेलमा भेटिएका जोडीहरूलाई पक्रने, सार्वजिनक मुद्दा हाल्नेजस्ता क्रियाकलाप गर्ने गरेका छन् । तर, पोखरामा यस्ता घटना विरलै हुन्छन् । यहाँको प्रहरी प्रशासनले पनि पोखरा र यौनपर्यटनको विषय बुझेर काम गरिरहेको पवित्राको बुझाइ छ ।

पोखरामा छाडा रूपमा यौन व्यवसयाय हुने नगरेकोले प्रहरीलाई पनि सहज भएको उनको बुझाइ छ । पोखराको प्राकृतिक सौन्दर्यका अलावा यहाँको यौन व्यवसाय पनि पर्यटक लोभ्याउने अर्को माध्यम हो । पोखराका सयौं होटेलमा कुनै न कुनै रूपमा यौन व्यवसाय हुन्छ । केही महिना अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले पोखरालाई सेक्स सिटीका रूपमा विकास गर्नुपर्ने बताएपछि यसको पक्ष र विपक्षमा दुई किसिमको मत आएका थिए ।

मुख्यमन्त्रीले यो कुरा हावामा बोलेका थिएनन् । पवित्रा भन्छिन्, ‘मुख्यमन्त्रीले यथार्थ बोलेका हुन । तर, समाजका सबैले पचाउन सकेनन् ।’ असुरक्षित यौन सम्पर्कका कारण अधिकांश महिलामा स्वास्थ्य समस्या देखिने भएकाले सुरक्षित यौन सम्पर्कका लागि कण्डमको प्रयोग सबैभन्दा सुरक्षित र कम साइड इफेक्ट हुने विधि हो भन्ने कुराको चेतना विस्तार गराउनुपर्ने आवश्यकता अझै रहेको डा. गिरधारी शर्मा बताउँछन् । असुरक्षित यौन सम्पर्कले दुवैलाई पछुतोबाहेक अरू केही फाइदा पुग्दैन ।

अहिले युवायुवतीहरूले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रूपमा लिन थालेको अवस्था भने चिन्ताको विषय भएको उनको भनाइ छ । सुरक्षित गर्भपतन सेवा छँदैछ भन्दै कहिलेकाही विनाकण्डम यौन सम्पर्क राख्ने प्रवृत्तिले पटक–पटक गर्भपतन गराउनुपर्ने अवस्था र त्यसले महिलाको प्रजनन स्वास्थ्य नै बर्बाद हुने स्थितिको अन्त्य गर्न भने परिवार नियोजन सेवा चेतना र सेवा विस्तार अझै हुनु आवश्यक रहेको डा. शर्माको सुझाब छ । यौन व्यवसायमा आई रहेका नयाँ युवतीहरूलाई अझै सुरक्षित यौन सम्पर्कका विषयमा चेतना विस्तार गर्नु जरुरी छ । त्यसका लागि यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत सरोकारवाला निकायले लगानी बढाउनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया