धर्म,कट्टरतावाद र प्रजातन्त्र

कट्टरतावाद वा कट्टरपन्थी सोचले प्रजातन्त्र र विधिको शासनसँग विमती राख्दै आएको छ । त्यसैले यो एउटा धर्म मात्रै होइन आखिरमा यो एउटा राजनैनिक सिद्धान्त पनि हो । यसले आफूले निर्धारण गरे अनुसारको एउटा सार्वजनिक प्रणालीको प्रारूप स्थापना गर्न चाहन्छ जुन सबै मानिस, धर्म र यस्तो प्रणालीमा कायम रहेको सबै प्रकारका जीवन पद्धतिहरू आबद्ध हुन सक्छन् 

विश्वका हरेक धर्मका मूल ग्रन्थहरूमा यस्ता तत्वहरू छन् जसले प्रजातन्त्रलाई सुदृढ बनाउछन् र यससँग शत्रुतापूर्वक लडाइँ पनि गर्छन् । त्यस्तै नेपालमा अहिले धर्म निरपेक्ष, हिन्दू धर्म आदिका विषयमा व्यापक बहस र चर्चाले मान्यता पाएको छ । प्रजातन्त्रले कहिले पनि धर्म भन्ने कुरा कुनै नागरिकको नितान्त व्यक्तिगत कुरा हो भन्ने दाबी गर्दैन । धर्मले विधिको शासनमा आधारित प्रजातन्त्रमा पनि सामाजिक र राजनीतिक दुवै खाले सार्बजनिक भूमिका निर्वाह गर्न सक्छ ।

विभिन्न धर्महरूले समाजमा सामान्य जीवन पद्धतिलाई ठोस स्वरूप दिने, स्वतन्त्र र उन्नत जीवन निर्वाहका लागि र सबै क्षेत्रमा मानविय आत्मसम्मान कायम गर्नका लागि एउटा आधार तथा उर्जाका स्रोतका रूपमा सेवा प्रदान गर्दछन् । धर्मले नागरिकहरू तथा राजनितिकर्मीहरूलाई जिम्मेवारी तथा एकतापूर्वक काम गर्न प्रोत्साहन गर्छ । राजनीतिक तथा आर्थिक माध्यमबाट यदि नागरिकहरूको न्यायीक, मानविय आत्मसम्मान, तथा धार्मिक स्वतन्त्रतालाई उल्लंघन गरिएमा उनिहरूले सार्वजनिक रूपमा आवाज उठाउन सक्छन् ।

आधारभूत रूपमा भन्ने हो कुनै धर्म तथा धार्मिक आन्दोलनहरूले सार्वजनिक जीवनलाई प्रभावित पार्ने र कुन धर्म तथा धार्मिक पद्धतिले आफूलाई विकसित गर्ने स्वतन्त्रतालाई प्रयोग गर्न अनुमति दिन्छ र कुनले दिदैन भन्ने कुरामा आवाज उठाउने र त्यसप्रति प्रतिबद्ध हुन पाउने जस्ता अधिकार आफुहरू माथि भएको आफैले दाबी गर्छन् भने त्यो अवस्था प्रजातन्त्र र विधिको शासनका लागि असुहाउँदो हुन्छ । प्रजातन्त्र र विधिको शासनका सिद्धान्तहरू पनि धर्मको संरक्षण गर्ने कुराप्रति प्रतिबद्ध छन् तर यस किसिमको संरक्षण सबै धर्म, धार्मिक व्याख्या र यस्तो सिद्धान्त जसले आफूलाई गैर धार्मिक भनेर चिनाउँछ तिनमा पनि समानरूपमा लागू हुन्छ ।

साथै यदि अन्य पक्षको तुलनामा कुनै यौटा पक्षलाई मात्र प्राथमिकता र सुविधा दिइयो भने धर्मको संरक्षण गर्ने कुरा उल्लंघन भएको मानिन्छ । त्यसैले धार्मिक स्वतन्त्रताको संरक्षण भन्ने कुरा मानव अधिकारको संरक्षणका दृष्टिकोणले अति नै आबश्यक मानिने हुनाले यसलाई धार्मिक स्वतन्त्रताका रूपमा पनि अबलम्वन गर्नुपर्ने हुन्छ । साथै यस्तो धर्म वा धार्मिक मान्यता जसले आफ्नो एकछत्र अधिकार कायम गर्ने कुरा दाबी गर्दैन, तर सबै अन्य धर्महरूलाई समान अधिकार दिनुपर्ने कुरा गर्छ तिनलाई मात्र बढावा दिन्छ ।

२०आैँ शताब्दिको ३० वर्षको अबधिमा धार्मिक कट्टरावादले विश्वका सबै भू–भागमा आफ्नो उपस्थिति कायम गरेको अवस्था देखा परेको थियो । यस्तो कट्टरवादी सोच क्रिस्चियन परम्परा, साथै बौद्ध, हिन्दू, जुइस र इस्लाम परम्परामा पनि पाउन सकिन्छ । जे भए पनि सबै आस्थावानहरूलाई सही अर्थमा परिचय दिने गरेको दाबी गर्न सक्छन् । सबैतिर यौटै धार्मिक मान्यताभित्र पनि कट्टरपन्थीका साथै परम्परावादी र उदारवादी धारहरू पनि रही आएको पाइन्छ ।

सबै धर्मका सस्थापकहरूले गरेको घोषणाअनुसार कुनै पनि एउटा धर्मलाई त्यसका अनुयायीहरूले सो धर्ममा अंतर्निहित मूल्यलाई धार्मिक विश्वासको लक्ष्यका रूपमा ग्रहण गर्न उसले स्वतन्त्र निर्णयका आधारमा अंगिकार गर्नुपर्ने कुरा उल्लेख छ, तर आजका सबै धर्मभित्र विद्द्यमान थुप्रै सम्प्रदाय वा धारहरूले आफूहरूलाई अरूभन्दा बढी राम्रो रहेको घमण्ड गरिरहेका छन् र आफहरूलाई मात्रै धर्म कसरी रहनुपर्छ भन्नेबारे जानकारी रहेको दानी गरिरहेका छन् । हो त्यहीँ भित्र नै कट्टरावादको गुदि रहेको छ ।

कट्टरतावाद वा कट्टरपन्थी सोचले प्रजातन्त्र र विधिको शासनसँग विमति राख्दै आएको छ । त्यसैले यो एउटा धर्म मात्रै होइन आखिरमा यो एउटा राजनैतिक सिद्धान्त पनि हो । यसले आफुले निर्धारण गरे अनुसारको एउटा सार्वजनिक प्रणालीको प्रारूप स्थापना गर्न चाहन्छ जुन सबै मानिस, धर्म र यस्तो प्रणालीमा कायम रहेको सबै प्रकारका जीवन पद्धतिहरू आबद्ध हुन सक्छन् ।

कट्टरता वादले पूर्णरूपमा आफ्नै एउटा धार्मिक मान्यता कायम गर्छ र त्यही कट्टरपन्थी सोचले सार्वजनिक मान्यता, जीवन पद्धति कस्तो हुने, धर्म र धार्मिक व्यवहार कानुन सामाजिक मान्यता र समग्रमा राजनीतिक गतिविधिलाई सञ्चालन गर्न चाहन्छ । यसो गरिनाले यसले फरक मान्यतामा विश्वास गर्नेहरूको स्वतन्त्रता र समानताको हकलाई आधारभूत रूपमा उल्लंघन हुन्छ । कट्टरपन्थी सोच विधिको शासनमा आधारित प्रजातन्त्रको विरूद्ध मानिन्छ । त्यसैले, राजनीतिक धर्म जुन धर्मको रक्षा सम्बन्धि न्यायिक आवाजतर्फ र सार्वजनिक गतिविधिविरूद्ध नारा घन्काउने हिंसात्मक कामतर्फ मात्र बढी उन्मुख हुन्छ,त्यो सिधै संवैधानिक प्रजातन्त्र मात्र होइन धार्मिक स्वतन्त्रता आफँैको मान्यताविपरीत पनि हो ।

सन १९७८ देखि इरानमा राजनितिक कट्टरपन्थीहरू शक्तिमा कायम रहेको अनुभवले स्पष्टरूपमा के देखाएको छ भने कट्टरपन्थी राजनितिले समाजको आर्थिक,सामाजिक र सांस्कृतिक समस्याहरूलाई वास्तविक अर्थमा समाधान गर्न सक्दैन । किनकि, यसले नागरिकलाई उनीहरूको हित र प्रयासहरूलाई स्वतन्त्रपूर्वक विकास गर्न व्यवधान खडा गर्छ । विशेष गरि भ्रष्ट राजनीतिक व्यक्तिहरू जो सामाजिक न्याय र जिम्मेवार सरकारका लागि सुधार गर्न चाहँदैनन् उनीहरूसँगै कट्टरपन्थीहरू विपक्षमा निकै बलियो भएको प्रमाणित भयको छ । उनिहरूले पिछडिएका र उपेक्षित अवस्थामा रहेका मानिसहरूको निराशा र आक्रोशमाथि क्रान्तिकारी विचार थपिदिन्छन् ।

तर, जब एकपटक उनीहरूले सरकारको जिम्मेवारी पाउँछन्् त्यसवेला समाजमा विद्यमान वास्तविक समस्याहरू समाधान गर्ने कुरामा उनीहरूको असमर्थता प्रमाणित हुन्छ । जब त्यो हदसम्म उनीहरूको असक्षमता बाहिर देखा पर्छ त्यसवेला शक्तिमा रहेका कट्टर पन्थिहरूले विभिन्न विचार राख्ने र फरक किसिमको सोचाइ राख्ने अन्य व्यक्तिहरू माथि दमन गर्ने काम गर्दछन् । कम्युनिस्ट शासनमा भिन्न मत राख्नेलाई गम्भीर दमन गरिन्छ । तिनलाई नै शक्तिमा रहेकाहरूले आफू असफल हुनुको कारणका रूपमा निरन्तर अगाडि ल्याउने गर्छन र तिनलाई नै निरंतररूपमा पटक–पटक प्रयोग गर्ने गर्छन् ।

त्यसैले, धार्मिक–राजनितीक कट्टरवाद जस्ता कुराहरू कमजोर प्रजातन्त्र र भ्रष्ट राजनितिकर्मीहरूका लागि लालाचाको विषय बन्न पुगेको प्रमाणित भै सकेको छ । जबसम्म कट्टरपन्थीहरू आफू विपक्षमा रहेका हुन्छन् तबसम्म उनीहरूले आममानिसको आक्रोशलाई न्यायसंगत ढंगले अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गरिरहेका हुन्छन् तर जब उनीहरू सत्तामा आउँछन् त्यसवेला यो एउटा अहिष्णु र उच्छृंखल शक्तिमा बदलिन्छ र त्यसले राजनीतिक असफलतातर्फ डो¥याउँछ ।

नेपाल अहिले यस्तै असफल राजनीतिको चक्रव्युहमा फसेको छ । यदि हामीले सनातन हिन्दू धर्म सापेक्ष राष्ट्रको रूपमा राख्न सकेनौँ भने होलि वाइनजस्ता धार्मिक कट्टरता वादले मुलुककै अस्तित्व संकटमा पर्ने निश्चित छ ।

प्रतिक्रिया