संसारको सर्वश्रेष्ठ प्राणी के हो भनेर कसैले प्रश्न गरे हामी सबैको मुखबाट एकै स्वरमा मानव भन्ने जवाफ निस्कन्छ । तर, के हामी सबै मानव एउटै स्वभाव अनि सोचका छौँँ त ? अवस्य पनि छैनौँँ । भन्नेहरूले सन्तान थरी थरीका भनेर ठीकै अनुमान लगाएका हुन् । किनकी हरेक मानिस एकअर्का भन्दा फरक देखिन्छन् र व्यवहार पनि फरक हुन्छ ।
एउटा भनाइ नै छ–‘कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बुद्धि ।’ अर्थात् हरेक कुवामा अलग अलग पानी भए जस्तै मानिका हरेक टाउकामा पनि अलग अलग बुद्धि हुन्छ । कुनै मानिसले एकै नजरमा हाम्रो मन जित्दछन् भने कुनै मानिस पूर्वबाट आउँदै गरेको देखेमा मात्र पनि आफू पश्चिमतिर फर्केर हिँड्न मन लाग्दछ । आखिर किन त ? भनाइमा सर्वश्रेष्ठ प्राणी भएता पनि व्यवहारको हिसाबले किन सबै मानिस सर्वश्रेष्ठको पहिचानमा पर्न सकेका छैनन ? एकैछिन समय निकालेर यसको बारेमा सोच्ने हो कि ?
वास्तवमा हाम्रो मानव जीवन आफैँमा विचित्रको छ । हामी रहने यो संसार पनि त्यस्तै विचित्रको छ । बाँचुञ्जेल हामी सबै राम्रा कुरा आफ्नो पोल्टाबाट नउम्कियोस् भनी हदैसम्म प्रयास गर्छौँं तर मर्ने वेलामा यी सबै चिजहरू मूल्यबिहिन भैदिन्छन । अझै गहिराइमै पुगेर अध्ययन गर्ने हो भने यो संसार त केबल एउटा रंगमञ्च मात्रै हो र हामी मानिसहरू यहि रंगमञ्चका रंगमञ्चकर्मीहरू सिवाय अरू केहि होइनौँ । जिन्दगीका दौँडानमा कहिले संयोगान्त त कहिले वियोगान्त नाटकहरू मञ्चन भइरहेका हुन्छन । जब हाम्रो जीवनको नाटक समाप्त हुन्छ तब हाम्रो लागि चाहिने चिज भनेको केवल पाँच फिट वा छ फिट जमिन मात्रै हुन्छ र त्यहि जमिनको अस्तित्व पनि बिस्तारै समाप्त हुन्छ ।
समयको परिवर्तनसँगै हरेक चिज परिर्वतन हुँदै जान्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । मानव इतिहास खोतल्दै जाने हो भने पनि मानव सभ्यताको सुरुवातदेखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन भइसकेको छ । ढुंगे युगदेखिको हाम्रो संघर्षपूर्ण यात्रा सूचना प्रविधिको युगमा परिवर्तन भइसकेको छ । सञ्चारका लागि परेवाको खुट्टामा चिठ्ठी बाँधेर पठाउनुपर्ने वेलाको अन्त्य हुँदै सेकेन्डभरमै आफूलाई मन लागेको कुरा आफ्नो प्यारो मान्छेले प्राप्त गर्ने गरी पठाउने प्रविधिको विकास भइसकेको छ । तर, विडम्बना नै मान्नुपर्छ हाम्रो सभ्यताले यति ठूलो फड्को मारिसक्दा पनि हामीमा भएको स्वार्थीपना भने अझै हट्न सकेको छैन ।
साँच्चिकै भन्ने हो भने हामीले हाम्रो दिमागलाई अनावश्यक दुःख दिइरहेका छौँँ । आफू र आफ्नो परिवारबाहेक अरूले सफलता हासिल गरेको देख्नुप¥यो भने हामीमध्ये धरै दुःखी हुन्छाँैँ र आफ्नै दिमागलाई बोझिलो बनाउँदछौँँ । कडा मेहनतका साथ अरूले जस्तै सफलता कसरी हासिल गर्न सकिन्छ भनेर सोच्नुभन्दा पनि कसरी हुन्छ अरूको खुट्टा तान्नतर्फ हामी अग्रसर हुन्छौँँ र नदुखेको टाउको दुखाउनतर्फ लाग्दछौँँ । घण्टौँसम्म हामी अरूको कुरा काट्न सक्दछौँँ तर, त्यही समय सिर्जनशील काममा लगानी गरे उच्च प्रतिफल हासिल गर्न सकिन्छ भन्ने चाहिँ भुल्दछौँँ । आफूले गरेका हरेक गल्तीलाई सही देख्दछौँँ र अरूले गरेका हरेक सहि कामलाई पनि दोषदिन अग्रसर हुन्छौँ । कसैले जीवनमा गरेका सयाँैँ राम्रा कामको ख्याल नगरी कुनै एउटा सामान्य गल्तीलाई हतियार बनाई प्रहार गर्दछौँ ।
सबैभन्दा ठूलो कुरा भनेको त हाम्रो सोच्ने क्षमतानै हो । हाम्रो दिमाग यति संबेदनशील छ कि कहिलेकाहिँ सानो कुराले पनि आफ्नो जीवनमा ठूलै रूपको नकारत्मक प्रभाव ल्याइदिन्छ । तर त्यहि कुरामा अनावश्यक रूपले टाउको नदुखाए सामान्य रूपमै समस्याको समाधान पनि हुन्छ । त्यसमा पनि जब हामी अरूको बारेमा नकारात्मक सोच्दै जान्छौँ तब हामी आफैलाई तनाब बढ्दै जान्छ ।
यो तनावका कारणले कहिल्यै पनि हामी आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्दैनौँ । एक हिसाबले भन्ने हो भने हामीमा नकारात्मक भावना आउनु भनेको हाम्रो शरीरमा विषकोे सञ्चय हुनु हो । अवश्य पनि विष नराम्रो नै हुन्छ । कुनै न कुनै रूपले यो सञ्चित विष बाहिर आउन खोज्दछ । यदि यो बाहिर आयो भने यसले ठूलै विष्फोटन ल्याउन सक्दछ र हाम्रो अस्तित्व पनि समाप्त पारिदिन सक्दछ ।
हामीमा उत्पन्न भएको नकारात्मक सोचले हामीलाई मात्र असर नगरी पूरै परिवारलाई पनि असर गर्न सक्दछ । हाम्रा बालबालिकाहरू स्वभावैले अरूको नक्कल गर्ने खालका हुन्छन् । यहि माध्यमबाट उनीहरूले नयाँ नयाँ कुरा सिक्दै जान्छन । त्यसमाथि पनि आफ्नै घरका अभिभावकहरूले गरेका व्यवहार पक्कै पनि उनीहरूका लागि मार्गदर्शन भइदिन्छ । अनि यस्तो अवस्थामा के होला ? निश्चय नै हामी आफँैले खनेको खाल्डोमा आफैँ पर्नुशिवाय अरू केही पनि हुँदैन । यस्तो भयो भने दोषी त हामी आफैँ हुन्छौँ नि, होइन र ? सीमित स्वार्थका लागि हामीले आफ्नो जीवन त बर्बाद पा¥यौँँ पा¥याँैँ पूरै परिवारको जीवन पनि नकारात्मक बाटोतर्फ धकेल्नेमा प¥यौँँ ।
यदि देशको लागि सकारात्मक परिवर्तन चाहने हो भने समाज परिवर्तन गर्नतर्फ अग्रसर हुनुपर्दछ । यसका लागि व्यक्ति अनि परिवार परिवर्तनका निम्ति जागरूक हुनु आवश्यक छ । यसको पछाड सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहेको छ । जहिले पनि अरूको लागि नकारत्मक हुने हाम्रो सोचलाई एक कदम माथि उठाएर दूधलाई दूध अनि पानीलाई पानी हो भनी एकिनसाथ भन्न सक्नुपर्र्दछ । राम्रो काम गर्नेलाई हौँसला प्रदान गर्न कञ्जुस्याईं गर्नु हुँदैन ।
हामी सबैले जानेकै कुरा हो कि संसार बदल्नु छ भने सुरुवात आफँैबाट गर्नुपर्दछ । अहिलेको परिप्रक्षलाई राम्ररी नियाल्ने हो भने हामीहरूमा सकारात्मक सोचको खाँचो रहेको कुरा प्रष्टैसँग महसुुस भइसकेको छ । नकारात्मक सोच हामी आफैँलाई घातक भएकाले सकारात्मक सोचको विकास गर्नु नै अहिलेको समाजको टड्कारो आवश्यकता हो । यदि हामीले सकारात्मक सोचको विकास गर्ने हो भने हरेक चिज रमणीय र हराभरा देखिन्छ । हाम्रा बालबालिकाले पनि यही चिजको अनुशरण गर्दै जान्छन् । त्यसैले व्यक्तिको व्यक्तित्व विकास अनि समग्र राष्ट्रको हितका लागि अनावश्यक कुराहरूमा घोरिएर अमूल्य समयको नष्ट गर्न छोडी आजैबाट सकारात्मक सोचको विकास गरी मानवको रूपमा पाएको हाम्रो अमूल्य जिन्दगीलाई अरूले अनुशरण गर्नलायक बनाऔँं ।
प्रतिक्रिया