ज्येष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुर्‍याइयो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्‍को संयुक्त बैठकमा उनले अहिले बजेट प्रस्तुत् गरिरहेका छन् ।

ज्येष्ठ नागरिकको मासिक भत्ता २ हजारबाट बढाएर ३ हजार पुर्‍याइएको छ । यसबाट १३ लाख ज्येष्ठ नागरिकलाई लाभ हुनेछ ।

एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ । यसैगरी ५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वार्षिक यातायात खर्च ३ हजार दिइने । शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन ।

प्रतिक्रिया