काठमाडौं । सरकारले केही महिना पहिला आतंक फैलाएको अभियोगमा नेपाल कम्युनिष्ट पार्टीको विप्लव समुहलाई प्रतिवन्ध लगायो । एनसेलको मुख्यालयमा एक जनाको ज्यान जानेगरी विस्फोट गराएपछि सो समुहलाई प्रतिवन्ध लगाएको थियो ।
सोही समुह आइतवार राजधानीमा पुनः बम विस्फोट गराउन सक्रिय हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपरान्ह एकै पटक विस्फोट हुदा चार जनाको मृत्यु भएको छ । दुवै घटनामा एक एक जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । अपरान्ह ४ बजेर २० मिनेटको समयमा सुकेधाराको ढलाने पुलनजिकको सटरभित्र र सोही समय आसपास अनामनगरस्थित लोकमञ्जरी कार्कीको घरमा विस्फोट भयो । प्रहरीले शुरुमा ग्यास सिलिन्डर पड्किएको बताएपनि अनुसन्धान शुरुगरेपछि मात्र बम रहेको तथ्य फेला परेको थियो ।
सुकेधारामा भएको विस्फोटमा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईँले जानकारी दिए । शैलुनभित्र सिलिन्डर विस्फोट भएको अवस्था नदेखिएको र प्रेसर कुकर बम विस्फोट भएको खुलेको छ । विस्फोटबाट काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर घाइते रहेको प्रहरीले जानकारी दियो ।
प्रहरीका अनुसार महर्जन विप्लव नेवा मुक्ति मोर्चाका अध्यक्ष रहेको खुलेको छ । उनि नख्खु एनसेलमा भएको बम विस्फोटमा प्रहरीको खोजी सूचीमा रहेका थिए । ठाकुर भने सैलुन चलाउदै आएका थिए । विस्फोट भने सैलुनको पछाडीपट्टीको कोठामा भएको थियो । सैलुन संचालक ठाकुर विप्लव समुहमा आवद्ध भए नभएको नखुलेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलबाट घाइते अवस्थामा पक्राउ परेका सुरेन्द्रले प्रहरीलाई बताए अनुसार सुकेधारामा उनीसहित ६ जनाको समूह थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए । दुईजना भने नयाँ रहेको सुरेन्द्रले प्रहरीलाई वयान दिएका छन् । प्रहरी स्रोतका अनुसार सुकेधाराको विस्फोट शक्तिशाली रहेको थियो । विस्फोटस्थलमा प्रहरीले उछिट्टिएका मानव अंग र गिदी फेला पारेको थियो । मृतक दुईको शरीरका विभिन्न अंग उछिट्टिएको दे
प्रतिक्रिया