‘बैमानी बैमानी’ मा नीता आमेश

काठमाडौं । गायक जितु श्रेष्ठ र गायिका अनु अधिकारीको आवाज रहेको नयाँ गीत ‘बैमानी बैमानी’ को भिडियो सार्वजनिक भएको छ । योगेन ढोलीको शब्द रहेको गीतमा मिलन सुर्खेतीले संगीत भरेका छन् ।

गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेश भण्डारीको अभिनय छ । प्रेमसम्बन्धमा रहेका नीता र आमेश झन्डै तीन वर्षअघि छुट्टिएका थिए । ब्रेकअपपछि पहिलोपटक उनीहरूले भिडियोमा सँगै काम गरेका हुन् । यसअघि नीता र आमेशले दुई चलचित्रमा सँगै काम गरिसकेका छन् ।

विदुर शिवाकोटीको निर्देशन गरेको भिडियोको कोरियोग्राफी, छायांकन तथा सम्पादन रोशन दाहालले गरेका छन् ।

प्रतिक्रिया