वडाद्वारा वृद्धवृद्धा सम्मानित

दैलेख । जिल्लाको डुंगेश्वर गाउँपालिका–२ की बाटु विष्ट वडा कार्यालयले सम्मान गर्दा निकै खुसी छिन् । उमेरले १ सय १ वर्ष काटेकी विष्टलाई वडा कार्यालयमै बोलाएर सम्मान गरिएको थियो ।

उनी जस्तै सोही ठाउँका गंगबहादुर विष्ट पनि वडाले सम्मान गर्दा खुसी भए । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीले बाटु र गंगबहादुर जस्तै वडाका ४० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । वडामा रहेका ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरिएको हो ।

वडा कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गरेर वृद्धवृद्धालाई सम्मान गरेको हो । सम्मानसँगै वृद्धवृद्धालाई एक÷एक वटा कम्बलसमेत प्रदान गरिएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रमअनुसार जेष्ठ नागरिक शीर्षकको बजेटबाट वृद्धवृद्धालाई सम्मानसँगै कम्बल प्रदान गरिएको वडाध्यक्ष राजुकुमार खत्रीले बताए । वृद्धवृद्धालाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडाध्यक्ष खत्रीको भनाइ छ । सम्मान कार्यक्रममा वडा सदस्यहरू रुद्धबहादुर विष्ट, तेजबहादुर थापा, कृष्णा नेपाली, सुशीला खड्का, वडास्थित वृद्धवृद्धाहरू तथा स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया