त्रिशूलीमा बस दुर्घटना, ७ को मृत्यु

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङको आदामघाट नजिक त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृतक सबैको सनाखत भएको छ । दुर्घनामा २५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आइरहेको ना ७ ख ४३ ८७ नम्बरको रात्रि बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १७ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर तथा अन्यको गुजरी र जिल्ला अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । बसमा यात्रा गर्ने यात्रुको संख्या भन्ने खुलेको छैन ।

प्रतिक्रिया