राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गरेका छन् । सोही समारोहको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाग लिएकी छन् ।

उक्त कार्यक्रममा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभमा उच्च गुणस्तरको दिगोपनाका आधारभूत संरचना, जोखिम सहन सक्ने क्षमता, उचित मूल्य, समावेशीपना तथा पहुँच हुनुपर्नेमा जोड दिएका छन् । सो अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका साथै अन्य मुलुकका सरकार प्रमुखहरुले पनि आफ्नो धारणा राखेका थिए ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी छन् ।

प्रतिक्रिया