स्वास्थ्य शिविरमा होलबढी चेकजाच सम्पन्न

कृष्ण ओझा, पाँचथर । फिदिम बजारस्थित असिम मेडिकलहलमा होलबढि चेकजाच सम्पन्न भएको छ । हलले सम्पुर्ण शारीरिक स्वास्थ्य परिक्षणको शिविर सञ्चालन गरेको थियो । सिविरमा एक सय पचास वढिले स्वास्थ्य परिक्षण गराए । शिविरमा ताप्तेजुङ , तेह्रथुम, पाँचथर गरि तिन जिल्लका बिरामीहरु आएका थिए । शिविरबाट बिरामीहरुले रगतको रुटिन, कलेजो कार्य, मृगौला कार्य, मुटु कार्य, थाइराइड कार्य, रगको गुणस्तर, तिन मैहिने चिनि रोग, पिसाब, मृगौला प्रशोधन, क्षमता, भिडियो एक्सरे लगायत परिक्ष्ण गराएका थिए । बिरामीहरुलाइ वरिष्ठ चिकित्सक हरि घिमिरेले सेवा दिएका थिए ।

असिम मेडिकल हल र थाईरोकेयर टेक्नोलिष्ट लिमिटेड नाभी वंवै भारतको सहकार्यमा शिविर सञ्चालन गरिएको, असिम मेडिकलहलका प्रोप्राइटर केपी मैनालीले जनाए । जिल्लाबाहिर बिरामीहरुले होलबढी चेकजाच गराउदा दश हजार बढी लाग्ने हुनाले मेडिकल हलले शिविरमा तीन हजार रुपैयामा सेवा दिएको मैलानीको भनाइ छ ।

मेडिकलहलमा दिनहु बिरामीहरुको लाइन लाग्ने गरेको पाईन्छ । यस अघि मेडिकल हलद्धारा स्त्रीरोग , मुटु प्रेशर सुगर , नाक, कान ,घाँटी , थाइराड ,हड्डी ,नसा, वाथरोग , छाला , तथा यौन , कुष्ट रोग , मानसिक रोग समेतको शिविर सञ्चालन गरेको थियो । जिल्लास्थित सरकारी अस्पताल लगायतले सुविधा युक्त सेवा प्रभाह नगरेका कारण रोग विषसज्ञ वरिष्ठचिकितसकहरुको सहयोगमा सेवा दिएको पाईन्छ ।

प्रतिक्रिया