तामाङले निकाले जेल भित्रैबाट गीत

काठमाडौँ । प्राय मानिस विभिन्न परिबन्धमा परेर जेल जिवन विताईरहेकाहरुको दुःख पिडा अव गितमार्फत सुन्न पाईने भएको छ । सुर्यगडि गाँउपालिका– ५ नुवाकोटका सुर्य बहादुर तामाङ केहि बर्ष अघिदेखि जेल जीवन बिताइरहेका छन् ।

उनले आफ्नै कथा ब्यथालाई समेटेर ‘जेलमा बसेर’ गितको शब्द रचना गरेका छन् । उक्त गीत लोक गायक राम्जी खाँण र गायीका शान्तीश्री परियारको आवा जमा गाइएको शब्द रचनाकार तामाङले जानकारी दिए ।

त्यस्तै सोही लोक दोहोरी भाकाको गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् । जेल भित्रै बसेर तयार गरिएको उक्त गितको अडियो जेल भित्रकै आन्तरीक प्रसाशन र जेल प्रशासनको सहयोगमा जेल भित्रबाटै सार्वजनिक गरिएको तामाङले बताए ।

जेल जिवन विताउने क्रममा भोगेका दुःख पिडा र उतार चढावमा सृजना गरिएको सोही गीतको भिडियो पनि अब चाँडैनै दर्शक स्रोतामाझ आउने उनले बताएका छन् ।

प्रतिक्रिया