धर्नामा बसेका विवेकशील साझा पार्टीका कार्यकर्ता पक्राउ

काठमाडौं । भ्रष्टाचार तथा बेथिति छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत कार्यकर्ता रहेका छन् ।

शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै पार्टीका संयोजक रविन्द्र मिश्रले पक्राउ परेका अफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया