आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश–२ छनोट

काठमाडौं । प्रदेश–५ मा हुने आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश–२ बाट सहभागी हुने टेबलटेनिस खेलाडीको छनोट सोमबार पूरा भएको छ । समान ५-५ पुरुष-महिला गरी १० खेलाडी छनोट भएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पुरुषमा धनुषाका नवीनकुमार सिंह र दीपकबहादुर सिंह, सप्तरीका अभिषेक झा, महोत्तरीका सुमितकुमार झा तथा सर्लाहीका रुधन चौधरी छनोट भए । महिलामा पर्साकी मारिया थापा मगर, महोत्तरीकी दीपा शाह, अस्मिता यादव र दीपिका भगत तथा पर्साकी सिजा अर्याल छानिए ।

प्रतिक्रिया