बोल्न नसक्ने अपाङ्ग बालिकाको बलात्कारपछि हत्या

काठमाडौं । बिहीबार आधा शरीर जलेको अवस्थामा धनुषाको मिथिला नगरपालिकामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको अनुसन्धानमा पुष्टि भएको छ ।

प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले अनुसन्धान गरेपछि ११ वर्षीय बालिका दुतिया रैसाईलीको सामूहिक बलात्कारपछि नै हत्या भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न एक आरोपीलाई नियन्त्रणमा लिइएको छ । ती एक प्रहरी भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको अनुसन्धानमा खुलेको छ । मृतक ११ बर्षीय बालिका बोल्न नसक्ने अपाङ्ग थिइन् ।

प्रतिक्रिया