निरुतासँग नाचे भुवन र अनमोल

काठमाडौं । नेपाली रजतपटकी चर्चित अभिनेत्री निरुता सिंहले अभिनेता भुवन केसी र अनमोल केसीसँग कम्मर मर्काएकी छन् । १७ फागुनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा केसी बाबुछोराले निरुतासँग रोमान्स गरेका हुन् । सार्वजनिक गरिएको गीतमा एसडी गायक योगीले संगीत भरेका छन् । महिला स्वरमा गायक योगीलाई मेलिना राईले साथ दिएकी छन् भने यो गीतको रेनेशा बान्तवा राईले कोरियोग्राफी गरेकी छन् ।

एक फुटबल खेलाडीको कथामा आधारित यो चलचित्रमा अनमोलले दुई अभिनेत्री प्रियंका एमभी तथा उपासना सिंह ठकुरीसँग रोमान्स गरेका छन् । चलचित्रमा केसी, प्रियंका र उपासनाका साथै अभिनेता सरोज खनाल, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारको अभिनय छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्र सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको छ । सिनेमामा भुवन केसीको लगानी रहेको छ भने सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् ।

प्रतिक्रिया