नरैनापुरमा धार्मिक मेला सुरु

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका २ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला सुरु भएको छ । अठार वर्षसम्म पहाडमा तपस्या गरेका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा प्रत्येक वर्षको वसन्त पञ्चमीपछि मेला लाग्ने गर्दछ ।

मेला यही फागुन १२ गतेसम्म चल्ने आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले बताए । उनका अनुसार मेलामा सामूहिक भण्डारा, प्राथना, कब्बाली, नाच तथा जादुई खेललगायतका क्रियाकलाप हुनेछ ।

प्रतिक्रिया