खोजखबर

डेढ अर्बको मुद्दा एक करोड धरौटी

सौर्य अनलाइन २०७५ माघ २९ गते ६:१८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन आयोजना प्रमुख धरौटीमा रिहा भएका छन् । अख्तियारले मुद्दा लगाएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख धरौटी माग गरेको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी सदस्य न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको १ करोड १० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर सोमबार नै उनी थुनामुक्त भएका छन् ।

नेपाल बंगलादेशको वैंक ग्यारेन्टी बुझाएपछि उनलाई तारेखमा छोडिएको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए । तत्कालीन आयोजना प्रमुख कार्कीले उक्त आयोजना निर्माणका क्रममा एक अर्ब ५६ करोड ८२ लाख ८३ हजार एक सय ९९ सय भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीलाई विगोबमोजिम जरिवाना तिराउन माग गरेको छ ।

सिक्टा सिँचाइ आयोजनामा २ अर्ब १३ करोड ७६ लाख ७९ हजार नौ सय २० भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईमहिना अघि पूर्वमन्त्री विक्रम पाण्डे, आयोजना प्रमुख कार्की सहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पाण्डे पनि विशेषले मागेको ४ करोड धरौटी बुझाएर थुनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय